ताजा अपडेट »

परासीमा एग्रोभेट र फेन्सी पसलमा आगलागी, लाखौंको क्षति

मंगलबार, ०३ फागुन २०७८, १५ : ४०
30 Shares
मंगलबार, ०३ फागुन २०७८
30 Shares

परासी । पश्चिम नवलपरासीको परासीमा गए राती आगलागी हुदाँ ठूलो क्षति भएको छ । रामग्राम - ५ कालिका टोल स्थित लिटिल प्लान्ट स्कुलको पश्चिम तर्फको दुईतले घरमा आगलागी भएको हो । साँझ करिब पौने ८ बजे भएको आगलागीबाट एग्रोभेट पसल र फेन्सी पसलका सामान जलेर पूर्ण रुपमा ध्वस्त भएको छ ।

आगलागीबाट यदुवंशी फेन्सी स्टोरको रु ३० लाख बराबर र सनम एग्रोभेटको करिब रु ८ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रेम बहादुर शाहीले जानकारी दिए । एग्रोभेट पसलबाट शुरु भएको आगो छेउको फेन्सी पसलमा पनि लागेको थियोे । बन्द अवस्थामा रहेको दुवै सटरमा आगलागी हुनुको कारण खुल्न नसकेको र अनुसन्धान भईरहेको उनले बताए ।

दुवै पसल केही दिन अघिमात्र सञ्चालनमा आएको बताईएको छ । नेपाल प्रहरी,नेपाली सेना र शसस्त्र प्रहरी तथा स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा आएको छ । आगलागी नियन्त्रणको लागि रामग्राम नगरपालिकाको दमकल बोलाईएकोमा शुरुमा पानी नभएको र भरेर आएपछि पनि फोर्स फोहोरा फाल्न नसकेपछि स्थानीय आक्रोशित भिडले तोडफोडको प्रयास गरेको थियो ।

बर्दघाट नगरपालिकाबाट आएको दमकललाई पनि स्थानीयले तोडफोड गरेका थिए । करिब आगो नियन्त्रणमा आईसकेपछि दमकल आएको भन्दै तोडफोड गर्दा बर्दघाटको दमकलको सिसा फुटेको छ भने चालक दुर्गा लामिछानेलाई सामान्य चोट लागेको छ ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल