ताजा अपडेट »

प्युठान जिप दुर्घटना : मृतकको पहिचान खुल्यो, बेहुलीको अवस्था गम्भीर

शनिबार, २२ माघ २०७८, ०९ : २३
38 Shares
शनिबार, २२ माघ २०७८
38 Shares

बुटवल । प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जिप दुघर्टनामा परी मृत्यु भएका ८ जनामध्ये ७ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय प्यूठानले दिएको जानकारी अनुसार अन्य ५ जना घाइतेहरुको उपचार भैरहेको छ ।

मृत्यु हुनेहरुमा प्यूठान गौमुखी गाउँपालिका–६ लिवाङका ३९ वर्षीय बसन्त खड्काको उपचारको क्रममा मृत्यु भएको छ । उनकी ११ वर्षिय छोरी एलिसा खड्को पनि ज्यान गएको छ । यसैगरी सोही ठाउँका अन्दाजी ४० वर्षीया बसन्ती खड्का, २९ वर्षीया केसरी खड्का, जिप चालक ५२ वर्षीय बल बहादुर बुढामगर, ३२ वर्षीय खिम बहादुर खत्री र ५२ वर्षीया नन्दी खड्काको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना स्थलमै मृत्यु भएको अर्की अन्दाजी २२ वर्षीया युवतीको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटनामा परी घाइतेहरुको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । बेहुली नौबहिनी गाउँपालिका–६ किमिचौरकी २० वर्षीया रिमा जि.सी.को अवस्था गम्भीर रहेको छ । बेहुला दानबहादुर खड्काको अवस्था भने मध्यम रहेको जनाइएको छ । यसैगरी किमिचौरकै २५ वर्षीया साबित्रा जि.सी. २१ वर्षीया हरि बुढामगर र लिवाङका १७ वर्षीय नरेश खड्काको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।