कार्तिक १५,
काठमाडौँ । उबर ईट्सले हालसालै आफ्नो खाना घरघर पुर्याउने ‘फुड डेलिभरी’ ड्रोन सार्वजनिक गरेको छ । उक्त इलेक्ट्रोनिक ड्रोनमा ६ वटा रोटर लगाइएको छ जसले भर्टिकल टेक-अफ र ल्याण्ड गर्न ड्रोनलाई सघाउँछ । उक्त ड्रोनको अफिसियल परीक्षण २०२० बाट सुरु हुनेछ । एकपटक फुल चार्ज गरिसकेपछि यसले २० किलोमिटरसम्मको दूरी तय गर्न सक्छ ।
छोटो दूरीको भएकोले यसलाई फुड डेलिभरि कामको लागि प्रयोग गर्ने सोच कम्पनीले बनाएको छ । उक्त इलेक्ट्रोनिक ड्रोनलाई मानिसहरुले खाने खानेकुरा सजिलै राख्न सक्नेगरी बनाइएको छ । शक्तिशाली ब्याट्री राखिएको यसले २० किलोमिटरसम्म राउण्ड ट्रिप कभर गर्न सक्छ । सामान लोड गर्नेदेखि डेलिभर गर्नसम्म गरी केवल १८ मिनेटमै यसले खानेकुरा डेलिभरी गर्न सक्छ । ड्रोन ट्र्याक गर्नका लागि र ड्राइभरसम्म अर्डर लिएको सूचना पुर्याउनका लागि उबरले आफ्नो एयरस्पेस म्यानेजमेन्ट सिस्टम अर्थात् एलिवेट क्लाउड सिस्टम’ को प्रयोग गर्ने जनाएको छ । यसलाई विशेषगरी सवारी जाम भएको बेला र खराब मौसम भएको बेला तीव्ररुपमा खानेकुरा डेलिभरी गर्नका लागि प्रयोग गरिनेछ । -एजेन्सी
प्रतिक्रिया