ताजा अपडेट »

शिक्षक बढुवाको प्रक्रिया सुरु, आयोगले माग्यो दरखास्त

बुधबार, १२ माघ २०७८, ०८ : ५३
14 Shares
बुधबार, १२ माघ २०७८
14 Shares

काठमाण्डौं । शिक्षक बढुवाका लागि प्रक्रिया सुरु भएको छ । शिक्षक सेवा आयोगले सामुदायिक विद्यालयमा प्राथमिक, निम्न माध्यमिक र माध्यमिक तहका प्रथम र द्वितीय श्रेणीमा रिक्त शिक्षकका लागि बढुवाका निम्ति दरखास्त आह्वान गरेको हो । 

आन्तरिक  प्रतियोगितात्मक  परीक्षाबाट २५ प्रतिशत र कार्यसम्पादन  मूल्यांकनका आधारमा  ७५ प्रतिशत हुनेगरी पदपूर्ति गरिने आयोगले जानकारी दिएको छ । 

उम्मेदवारले बुधबारदेखि दरखास्त पेस  गर्न सक्नेछन् । आयोगले प्रावि, निमावि र माध्यमिक तहमा खुला प्रतिस्पर्धाबाट शिक्षक पदपूर्तिका लागि यसअघि नै दरखास्त आह्वान गरिसकेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।