ताजा अपडेट »

ललितपुरकाे सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी

आइतबार, ०९ माघ २०७८, ११ : २४
14 Shares
आइतबार, ०९ माघ २०७८
14 Shares

काठमाडौं । ललितपुर सुनाकोठीस्थित बालकुमारी मन्दिरको लिच्छवीकालीन मूर्ति चोरी भएको छ । तीन सय वर्ष पुरानो मूर्ति शनिबार राति चोरी भएको ललितपुर प्रहरीले जनाएको छ ।

मूर्ति चोरी भएको खबर थाहा पाउना साथ ऊर्जामन्त्री पम्फा भुसाल आइतबार बिहान घटनास्थलको निरीक्षण गर्न पुगेकी थिइन् । सुनाकोठी भुसालको निर्वाचन क्षेत्र पर्छ । मन्त्री भुसालले मूर्ति चोरीको भत्सर्ना गर्दै तत्काल दोषी पत्ता लगाई मूर्ति खोजी गर्न प्रशासनलाई निर्देशन दिएको जानकारी गराइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।