बुटवल । रुपन्देही क्रिकेट संघको अध्यक्षमा व्यवसायी हरिबहादुर थापा निर्वाचित भएका छन् । बुधबार भैरहवामा भएको संघको चौथो अधिवेशनबाट क्रिकेटर शक्ति गौचनलाई पराजित गर्दै उनी अध्यक्ष भएका हुन् ।
नेतृत्व चयनका लागि भएको मतदानमा थापालेल ६४ मत प्राप्त गरे भने गौचनले ४० मत प्राप्त गरेका थिए । त्यसैगरी उपाध्यक्षमा ६० मतसहित धीरज अधिकारी क्षेत्री, सचिवमा ६५ मतसहित सञ्जय गुरुङ र कोषाध्यक्षमा ५३ मतसहित निरजप्रताप खाँण निर्वाचित भएका छन् । उनीहरुका प्रतिद्वन्द्वी क्रमसः राजु खड्काले ४४, दिपक शर्मा भुर्तेलले ३९ र दिपेन्द्र लाम्गादेले ४९ मत प्राप्त गरेका छन् ।
पदाधिकारीमा अध्यक्षसहित सबै थापा समूहका निर्वाचित भएका छन् । संघको महिला सदस्यमा उमा अधिकारी निर्विरोध निर्वाचित भएकी छन् । अन्य सदस्यहरूमा भरत थापा, विजयसिंह ज्ञवाली, पुनित पोखरेल, निराकार पन्त, शेषमणि चौधरी, प्रथम पराजुली, मनोज भण्डारी, उदयकुमार मल्लिक र श्रीराम नेपाली निर्वाचित भएको निर्वाचन अधिकृत शारदा मल्लले जानकारी दिइन् । अध्यक्षमा पराजित गौचन राष्ट्रिय कप्तानको भूमिकामा खेल खेलेका खेलाडी हुन् ।
प्रतिक्रिया