ताजा अपडेट »

कोरोना सामान्य रुघाखोकी जस्तै भएर रहन सक्छ : डा.नन्दु पाठक

सोमबार, ०३ माघ २०७८, २१ : १५
90 Shares
सोमबार, ०३ माघ २०७८
90 Shares

पछिल्लो समय नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । कोरोनाको पहिलो र दोस्रो लहरमा लुम्बिनी हटस्पट नै भयो । अस्पतालमा बेडको अभाव र अक्सिजनको चरम अभावको कारण धेरै संक्रमितले ज्यान गुमाए । अहिले पनि कोरोनाको संक्रमण दर दैनिक रुपमा बढ्दै गएको छ ।

कोरोना संक्रमणको दर बढेपनि अस्पतालमा भर्ना हुने र मृत्युदर भने कम छ । अस्पतालमा भर्ना भएका संक्रमितहरु मध्ये आधिकांश कोरोना विरुद्धको पूर्ण मात्रा खोप लगाएका छन् । कोरोनाको नयाँ भेरियण्टको विषयमा रहेर लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकसँग ग्लोबल आवाजका बसन्त आचार्यले गरेको कुराकानीः

अहिले देखिएको ओमिक्रोन कस्तो प्रकारको भेरियण्ट हो ?
यो पुरानै कोभिड–१९ को न्युटेशन हुँदै आएको नयाँ भेरियण्ट हो । पहिला अल्फा, विटा, डेल्लटा हुँदै आएको थियो अहिले कोभिडको नयाँ भेरियण्टको रुपमा ओमिक्रन आएको छ ।

कोरोना विरुद्धको खोप लगाएका धेरैमा संक्रमण देखिएको छ । के खोपले पूर्ण मात्रामा काम नगरेको हो?
होइन, कोरोना विरुद्धको खोपले काम गरेकै छ । भ्याक्सिनले काम गरेका कारण अहिले संक्रमणको दर बढी भए पनि पहिला भन्दा मृत्युदर कम छ । अर्को तिर ओमिक्रोन कोरोनाका अन्य भेरियण्ट भन्दा कमजोर पनि छ । अहिले संक्रमितहरु पहिला जस्तो अक्सिजन चाहिएर नै भर्ना हुनुपर्ने अवस्था छैन्। तर, अस्पतालमा भर्ना हुनु पर्ने दुई वटा कारण छ ।

एउटा अहिले ओमिक्रनसँगै डेल्टा भाइरस पनि छ । अहिले तेस्रो लहर ओमिक्रनले मात्रै गर्दा आएको होइन् । डोल्टा भाइरसलाई भ्याक्सिनले पहिला नै छलेर गइसक्या हो । भ्याक्सिन लगाएकामा डेल्टा भाइरस बढी हुन्छ । भ्याक्सिनले डेल्टा भाइरस छुन सक्दैन। भ्याक्सिनले मात्रै शतप्रतिशत प्रभावकारी नहुने र आफ्नो इयुमिनिटी कति छ र दिर्ग रोग के के छ त्यसले फरक पार्ने भएकाले भ्याक्सिन लगाएका र नलाएकाको भर्ना हुने दर बराबर छ । डेल्टा भेरियण्ट १ जनामा लागे अरु १/२ जनासम्मलाई हुन्थ्यो भने ओमिक्रोन भेरियण्ट एक जनाबाट ४ जनासम्मलाई हुन्छ । तर, पनि ओमिक्रोन अन्य भेरियण्टको तुलनामा कमजोर छ ।

कोरोना विरुद्धको पूर्ण खोप लगाएकालाई दिइन लागिएको बुस्टर खोप के हो?
खोप पुरानै हो । नाम मात्रै बुस्टर हो । जुन खोप पहिला हामिले लगाइयो त्यहि खोपलाई नै पुन इम्यूनिटी बुस्ट अप गर्न दिइने भएकाले यसलाई बुस्टर खोप भनिएको हो । औधषी भने उही पहिला लगाएकै हो । बुस्टर खोपको प्रोटोकल भने नेपालमा र विदेशमा फरक छ । नेपाल सरकारको प्रोटोक्ल अनुसार जुन पहिला लगाइयो त्यही नै बुस्टर डोजको रुपमा लगाउने हो । विदेशको प्रोटोकलमा भने जुन पहिला लगाइयो अर्को खालको लगाउने छ ।

कोरोनाको एक पछि अर्को भेरियण्ट आइरहेका छन् । अब कोभिड पूर्ण रुपमा हट्दैन?
अहिले आएको ओमिक्रोन भेरियण्टमा सबै भन्दा बढी मियुटेशन छ । तर धेरै मियुटेशन भइकन पनि यो अरु भन्दा धेरै कमजोर छ । अल्फा र विटा भन्दा डेल्टा कमजोर थियो । ओमिक्रोन कमजोर भएका कारणले अब आउने भेरियण्ट पनि यो भन्दा कमजोर आयो भने हराएर जान्छ कि भन्ने छ ।

किन भने लगभग अहिले विश्वमा नै भ्याक्सिनले कभरेज बढिसक्यो । भ्याक्सिनको कभर मात्रै बढ्यो भने एकबाट अर्कोमा सर्ने भएन् भने यो अरु रोग जस्तै हुन्छ । रुघाखोकी, फ्लू प्रत्येक जाडो मौसममा हुने गदर्छ । जुन एकबाट अर्कोमा त धेरै इम्युनिटी भएको मान्छेमा त अर्कोबाट सदैन् । हामीले भ्याक्सिन लगाएर इम्यूनिटी विकास गर्यौं भने कोरोना सामान्य रुघाखोकी जस्तै नै भएर बस्न सक्छ ।

सरकारले विद्यालय बन्द गरेको छ । ओमिक्रोनको जोखिम धेरै बालबालिकामा भएर हो ?
होइन, बालबालिकामा जोखिम भएको भन्दा पनि संक्रमितको संख्या बढ्ने भएकाले हो । ओमिक्रोन आफैमा खतरा भेरियण्ट छैन् । कक्षा कोठामा विद्यार्थीहरु धेरै नै बस्ने भएको हुनाले एउटाले अकालार्ईे अर्कोले अर्कोलाई गर्दा विद्यायल नै संक्रमित हुने अवस्था भएकाले सरकारले विद्यालय बन्द गरेको हो । घरमा भएका दिर्घरोगी जेष्ठ नागरिकलाई सर्ने शंकाका कारणले गर्दा विद्यालय, फिल्म हल बन्द गर्नु पर्ने कारण यो हो । त्यहाँ उपस्थित भएकाहरुलाई भन्दा पनि त्यहाँबाट लगेर सार्ने क्याप्सीटि बढी भएकाले दिर्ग रोग भएका र जेष्ठ नागरिकलाई हुने कम गर्न विद्यालय बन्द गरेको हो । बालबच्चाहरुलाई जोखिम त कम नै छ । अन्य भेरियण्टको तुलनामा ।

भारतमा कोरोनाको जोखिम बढेपछि नेपालमा पनि बढ्ने गरेको छ । यसलाई कम गर्नका लागि सरकारले र नागरिकले के गर्नु पर्ला?
यसलाई कम गर्न सबैको भूमिका पक्कै पनि रहन्छ नै । नेपाल भुपरिवेष्टित राष्ट्र हो । यसकारणले गर्दा नेपालको सबै कोभिड केश भारतमा निर्भर छ । अहिले आएको ओमिक्रोन पनि नेपालमा भारत लगायत अन्य देशबाट नै आएको हो । जब भारतमा आउँछ त्यसको १ महिनापछि नेपालमा आउँछ ।

ओमिक्रोन पनि त्यही त हो । पहिला दिल्ली, मुम्बईमा आयो । त्यसपछि हामीलाई थाहा थियो नेपालमा आउन्छ भनेर । हामीलाई आउँछ भन्ने थाहा हुँदाहुँदै पनि सिमा त खुल्ला नै भयो । अहिले केही दिन मात्रै त भयो सिमामा कडाई गर्न लागेको । भारतमा लागेको एक महिना पछि नेपालगंग, रुपन्देही र विरगञ्ज गरी ३ स्थानबाट आइहाल्छ । नागरिकको तर्फबाट गर्नुपर्ने भनेको स्वास्थ्य मापदण्ड पालना गर्नु नै हो । सरकारको तर्फबाट भने जोखिम भएका क्षेत्रको पहिचान गरेर ती क्षेत्रमा धेरै भन्दा धेरै परीक्षण गर्ने गर्नुका साथै समुदायमा फैलिएको छ भने त्यँहाबाट अर्को ठाउँमा फैलिन नदिएको अवस्थामा पनि यसलाई कम गर्न सकिन्छ ।

पहिलो र द्रोसो लहरमा लुम्बिनीमा बिरामीलाई अक्सिजन र वेडको अभाव देखियो । अहिले अस्पतालमा वेड र अक्जिसनको क्षमता कति छ ?
पक्कै पनि हामीलाई अक्सिजनको त चरम अभाव नै भयो । वेड पनि भरिभराउन नै भए । अहिले लुम्बिनी प्रादेशिक अस्पतालमा कोभिड भवन भनेर नै छुट्टाइएका छौँ । जुन ४ तले छ । जसमा आइसियु, एसियु, एचडियु, वाड, इमरजेन्सी अपरेशन थ्रेटर, एक्सरे र ल्याब एउटै भवनमा छ । अहिले ६० वटा वेड रहेका छन्। विरामी भने ९ जना मात्रै हुनु हुन्छ ।

भवनमा अझै पनि धेरै स्पेस खालि नै छन। आवश्यकता परेको खण्डमा बेड संख्या जति पनि बढाउन सकिन्छ र भवन नै कोभिड अस्पतालको रुपमा विकास गर्न पनि सकिन्छ । अरु सबै बेड अहिले खाली नै छन् । पहिला हामीलाई अक्सिजनको चरम अभाव भयो । अहिले त लगभग २०० वटा सिलिन्डर दैनिक रुपमा उत्पादन गर्दछौँ । साथै पहिला ४०० सिलिण्डर दैनिकरुपमा आउँथ्यो । त्यो अहिले आवश्यकता अनुसार आइरहेको छ । पहिला जनशक्तिको पनि अभाव रहेको थियो । अहिले पछिल्लो समय सबै व्यवस्थापन गरिएको छ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।