बाइसे–चौबिसे राज्यहरुलाई एकिकृत गरी सिंगो नेपाल निर्माणका नायकका रुपमा मानिने पृथ्वी नारायण शाह नेपालको इतिहासमा सदैव सम्झिइने शाह वंशीय राजा हुन्। बहादुरसँगै चतुर कुटनीतिज्ञ र दुरदर्शी मानिने उनको नेपाल एकिकरणसँगै सामाजिक र आर्थिक क्षेत्रमा पनि उनको महत्वपूर्ण योग्दान रहेको छ । त्यसैले पनि उनको सम्झना र सम्मानमा हरेक वर्ष पृथ्वी जयन्ती मनाइँदै आएको छ । यद्यपी जनआन्दोलन ०६२/६३ र गणतान्त्रिक पद्धति पछि भने उनको जयन्ती राष्ट्रिय पर्वका रुपमा मनाउने या नबनाउने विषयमा बहस पनि हुँदै आएको छ ।
नेपाल एकीकरणका प्रणेता पृथ्वीनारायण शाहको जन्म वि.सं. १९७९ पुस २७ गते गोरखामा भएको थियो । उनका पिता नर भूपाल शाहको मृत्युपछि वि.सं. १७९९ चैत्र १९ गते बिस वर्षको उमेरमा पृथ्वीनारायण शाहको राज्यारोहण भयो । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यका एकीकरण गरेपछिको समयलाई नेपालको इतिहासमा आधुनिक काल भनिन्छ ।
पृथ्वीनारायण शाहले एकीकरण गर्नुअघि नेपाल धेरै भुरे टाकुरे राज्यमा विभाजित थियो । ती राज्यहरूको बीचमा राम्रो सम्बन्ध थिएन । त्यसैगरी उत्तरतर्फबाट तिब्बत र दक्षिणतर्फबाट इस्टइन्डिया कम्पनीले आफ्नो भूभाग विस्तार गरिरहेका थिए । नेपालको अस्तित्व सङ्कटमा पर्ने सम्भावना देखेर पृथ्वीनारायण शाहले ठुलो र शक्तिशाली राज्य निर्माण गर्ने उद्देश्यले एकीकरण अभियान आरम्भ गरेका थिए ।
वर्तमान समयमा नेपाली राजनैतिक दलहरुले लगाएको समृद्ध जनता समृद्ध देश हो या खुसी नेपाली समृद्ध नेपालको नारा नै होस् । ती नाराहरु पृथ्वी नारायण शाहले आफ्नो शाशन अवधिमा जनता मोटो भए देश स्वतः मोटाउछ भनौँ अभियानमूलक सोचले उनी देशको अर्थतन्त्रलाई सबल , आत्मनिर्भर तथा स्वाधिन बनाउनको लागी प्रतिबद्ध रहेको प्रमाणित भएको छ । शाशकहरुले जनताले विकासको अपेक्षा गरि तिरेको रकमा खराबन जर वा वदनियत तवरले खर्च गर्न नहुने कुरामा ज्यादै सचेत थिए ।
जनताको सेवमा लागेबापत सरकारी कर्मचारीहरुले राज्यका तर्फबाट निश्चित रकम बुझेपछि जनतालाई थप व्ययभार पार्नु नहुने र पारेको भएमा त्यो अक्ष्यम गल्तीका रुपमा दर्ज हुने उल्लेख गरेका छन् । घुस लिने र दिने दुवै देश र जनताका शत्रु हुन भन्ने कुरामा उनि दृढ थिए । जसबाट उनको आर्थिक शुशान सम्बन्धित अवधारणा स्पष्ट हुन आउछ । तत्कालिन समयमा भ्रष्टचारलाई सामाजिक अपराधका रुपमा लिईथ्यो । वर्तमान समयमा यिनका शालिक तोडेर क्रान्तीको भाषण गर्नेहरुको प्रमुख अभियान नै जसरी हुन्छ अकुत धन सम्पत्ति आर्जन गर्नु रहेको व्यवहारमा नै प्रमाणित भएको छ । यसबाट बुझ्न सकिन्छ पृथ्वी नारायणले राष्ट्रिय पूँजीलाई आत्म निर्भरताको बाटोमा हिडाएर देश र जनताको आर्थिक स्तरलाई मजबूत बनाउन चाहन्थे ।
पृथ्वी नारायण शाहले नेपाल एकीकरण अभियानको थालनी गर्ने समयमा गोर्खा राज्यमा जम्मा १२०० घरधुरी रहेका थिए । त्यो समयमा उनले युद्धका लागी आवश्यक साम्रगी भण्डारण तथा विकासका लागी आफ्ना आर्थिक सल्लाहाकार विशेनगरचीको सल्लाह अनुसार प्रत्येक घरधुरीबाट रु १ संकलन अभियान सञ्चालन गरि आवश्यक रकमको व्यवस्थापन गरेका थिए । जसको सहायताबाट उनले आफ्नो अभियानलाई सार्थकता प्रदान गरेका थिए । कुनै पनि राज्य सञ्चालकले राज्य कोषको व्यवस्थापन र सञ्चालनका लागि कसरी आफ्ना प्रजाहरुलाई सम्बोधन गर्नु पर्दछ भन्ने कुराको उत्कृष्ट नमुना पेस गरेका छन् ।
पृथ्वी नारायण शाहले नेपाल एकीकरणका लागि काठमाण्डौँ उपत्यकाका राज्यहरुमा आत्रमण गरि आफ्नो आर्थिक अर्थव्यस्थालाई सुधार गर्न चाहनु पनि हो । उपत्यकाका मल्ल राज्यहरु तत्कालिन राज्यहरुमा निकै नै शक्तिशालि मानिन्थे । जसलाई उनले कम्जोर बनाउनका लागी उनले उपत्यका भित्रका सबै राज्यहरुलाई छ महिना लामो आर्थिक नाकाबन्दी लगाएका थिए । जसबाट उनलाई उपत्यकामा रहेका राज्यहरुमा विजय प्राप्ति गर्न सफल भएका हुन् । एकीकरणको अभियानमा काठमाण्डौँका सबै राज्यमा विजय प्राप्त गरेपछि गोर्खा राज्यको आर्थिक अवस्थामा क्रमिक रुपमा सुधार आएको पाईन्छ । यसको प्रमुख कारणमा काठमाण्डौँ उपत्यकाका उब्जाउयोग्य जमिन र त्यहाँ रहेका सबै प्रकार गुठी, देवलहरु गोर्खा राज्यको स्वामित्वमा आउनुलाई लिइन्छ ।
उनले किर्तीपुरमा जित हात परेको केही समयमा मकहवानपुरमा पनि जित हात पारे त्यसपछि राज्यको उपस्थिती तराईका जिल्लामा पनि बिस्तारीत हुँदै गयो । त्यसपछिका दिनमा पृथ्वी नारायण शाहले राष्ट्रिय पूँजीको विकास गर्दै लगेका थिए । सरकारले राज्य कोषमा रहेको रकम वा बहुमूल्य धातुको प्रयोग गर्दा बहुसंख्यक नागरिकको हित हुनु पर्दछ भन्ने सार्वजनिक खर्च नीतिको विकास गरेका थिए ।
आत्मनिर्भर अर्थतन्त्रको विकाका लागी उनले आन्तरिक रुपमा उत्पादन हुने औजार हतियारको प्रयोग गरि कृषिका कार्यहरु गर्न लगाएका थिए। उनले लिएका हरेक निर्णयहरु देश र जनताका साझा हितका लागी भएको कारणले गर्दा पनि उनि आजको आधुनिक नेपालमा पनि एक आर्दश राजाका रुपमा नेपाली जनताको मनमा छन्। अन्त्यमा नेपाल एकीकरणका प्रणेता प्रति श्रद्धासुमन !
प्रतिक्रिया