भैरहवा । रोहिणी गाउँपालिकाले पुष २३ गते शुक्रबारसम्म विद्यालयहरुमा जाडो विदा दिने निर्णय गरेको छ । प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेका अनुसार जाडो कम नभएकोले शुक्रबारसम्म विदा थप गर्ने निर्णय भएको हो ।
रोहिणीका सामुदायिक र धार्मिक मदरसाहरुमा जाडो बिदा दिईएको न्यौपानेले जनाए । चिसो बढ्दै गएको र यसबाट विद्यार्थी एवम् शिक्षकहरु प्रभावित हुन सक्ने भएकोले विदा दिएको उनले जनाए । यस अघि पनि गाउँपालिकाले २ दिनको विदा दिएको थियो ।
प्रतिक्रिया