ताजा अपडेट »

हिमापातसँगै विद्यालय डेढ महिनाका लागि बन्द

सोमबार, १९ पुस २०७८, १२ : २०
10 Shares
सोमबार, १९ पुस २०७८
10 Shares

बाजुरा ।  बाजुराको हिमाली गाउँपालिका– ३ गुम्बामा रहेको हिमाल भक्ति आधारभुत विद्यालय डेढ महिनाका लागि बन्द गरिएको छ । हिमपातसँगै बढेको चिसोका कारण आगामी फागुन पहिलो सातासम्म विद्यालय बन्द गरिएको शिक्षक देवीलाल वुढथापाले जानकारी दिए । 

उनका अनुसार गुम्बामा अहिले पनि करिब दुई फिटसम्म हिउँ जमेको छ । चिसोका कारण बर्सेनि विद्यालय बन्द हुँदै आइरहेको छ भने यस वर्ष १६ पुसदेखि फागुन पहिलो सातासम्मका लागि विद्यालय बन्द गरिएको प्रधानाध्यापक भीम गरीले जानकारी दिए । 
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।