काठमाडौं । प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले सरकारलाई एसइई परीक्षा खारेज गर्नको लागि सुझाव दिएको छ । सरकारले १२ कक्षा सम्मलाई विद्यालय तहको शिक्षाको रुपाम समावेश गरेकाले अब एसईईको जरुरत नभएको समिति सभापति जयपूरी घर्तीले बताइन् । कक्षा १२ सम्मलाई सरकारले विद्यालय तहको शिक्षमा समावेश गरेको छ । अब किन एसईई परीक्षा भन्दै विद्यार्थीलाई डर सिर्जना गराउन पर्यो रु उनले भने ।
१२ कक्षामा पुगेपछि विद्यार्थीको माध्यमिक स्तरको परीक्षा लिने हुनाले एसईई खारेज गर्न समितिले सुझाव दिएको घर्तीले बताए । कोरोना संक्रमणको समयमा पनि समतिले एसईईको औचित्य नरहेकाले खारेज गर्न निर्देशन दिएको उनको भनाइ छ । २०७७ साल जेष्ठ २९ गते समितिले सरकारलाई एसईई खारेज गर्न सुभाव दिएको थियो तर सरकारले त्यो कार्यान्वयन गरेन । एसईई बढी खर्चिलो र एसईईले विद्यार्थीलाई त्रास मात्र दिने भएकाले एसईई खारेज गर्नुपर्ने सुभाव दिएको घर्ती बताउँछन् ।
यता शिक्षाविद् डा. विद्यानाथ कोइरालाले पनि एसईई खारेज गर्न शिक्षा तथा स्वास्थ्य समितिले दिएको निर्देशन जायज भएको बताए । अहिलेको परिवेशमा १० कक्षा विद्यालयस्तरको परीक्षा भएकोले अन्य परीक्षाजस्तै सहज रुपमा विद्यालयलेनै सञ्चालन गर्नुपर्ने उनले बताए । कक्षा १२ मा बोर्डले परीक्षा सञ्चालन गर्ने भएपछि कक्षा १० लाई एसईई नभनेर विद्यालयले नै सामान्य स्तरको परीक्षा सञ्चालन गर्नुपर्दछ , उनले भने ।
अन्ताष्ट्रिय स्तरमा पनि कक्षा १२ को परीक्षा मात्र बोर्डले लिन्छ । यसकारण पनि नेपालमा एसईई परीक्षालाई खोज गरेर विद्यालयले नै लिनुपर्नेमा उनको जोड छ ।
चीन, अमेरिका,लण्डन र युरोपका कतिपय देशहरुमा पनि कक्षा १२ को परीक्षा मात्र राष्ट्रियस्तरबाट लिने गरिएकाले नेपालमा पनि अन्तराष्ट्रिय अभ्यास गर्नु जरुरी रहेको उनले बताए । १२ पछि यूनिभर्सिटीमा जानु पर्ने भएकाले १२ को परीक्षा भने अनिवार्य रुपले बोर्डले नै लिनुपर्ने काईरालाको भनाइ छ । यस्तै अर्का शिक्षाविद् डा. मनप्रसाद वाग्लेले पनि एसईई परीक्षा खारेज गरेर विद्यालयस्तरबाटै सञ्चालन गर्नुपर्ने बताए । संविधानमा नै कक्षा १२ सम्मको शिक्षालाई स्थानीय तहको अधिकारको सूचिमा समावेश गरेकाले कक्षा १० को परिक्षा पनि सम्बन्धित विद्यालयलाई जिम्म दिनुपर्ने उनको भनाइ छ ।
उनले भने ‘कक्षा १२ सम्मको शिक्षा स्थानीय तहको अधिकारमा राखेकाले पनि कक्षा १० को परीक्षा बोर्डले लिनु हुँदैन । ’ शिक्षाविद् डा.सुमन तुलाधरको भने फरक मत छ । अहिलेको एसईईलाई खारेज नगरी यसको मोडेलमा परिवर्तन गर्नु जरुरी रहेको उनी बताउँछन् । एसईइइलाई विद्यार्थीको पढाईको मात्र मुल्यांकन गर्न नसक्ने भएकाले उनीहरुको सिप र सिकाईको पनि मुल्याङ्कन गर्न नहुने तुलाधरले बताए । उनले भने ‘एसईई खरेज नै गर्नुपर्छ भन्ने होइन ।तर,यसको मोडालिटी भने परिवर्तन गर्नु आवश्यक छ । ’ एसईईलाई खारेजी नभई एसईई सञ्चालन गर्ने जिम्मा विद्यालयहरुलाई दिनुपर्नेमा उनको जोड छ ।-गोरखापत्र
प्रतिक्रिया