ताजा अपडेट »

बुटवलको मेलामा एकैदिन लाख बढी दर्शक, भिड थेग्न नसक्दा टिकट बिक्री नै रोकियो !

आइतबार, १८ पुस २०७८, ०८ : ५१
60 Shares
आइतबार, १८ पुस २०७८
60 Shares

बुटवल । बुटवलमा सञ्चालित चौथो औद्योगिक प्रदर्शनी तथा ब्यापार मेलाको दशौं दिन शनिबार दर्शकको अत्यधीक चाप बढेको छ । शनिबार मात्रै एक लाख बढीले मेला अवलोकन गरेका मेला आयोजक उद्योग ब्यापार संघ बुटवलले जनाएको छ ।

स्वाधीन अर्थतन्त्रका लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण नाराका साथ पुस ८ गतेदेखि सञ्चालित मेलाको दशौं दिन शनिबार हालसम्मकै धेरै दर्शक आएको मेला संयोजक एवं संघका अध्यक्ष गोबिन्दराज गैरेल बताए । शनिबार सार्वजनिक विदा र मेला सकिन २ दिन मात्र बांकी भएकाले दर्शकको चाप बढेको अध्यक्ष गैरेले बताए । दर्शकको चाप थेग्न नसकेपछि केही घण्टा टिकट विक्रि स्थगित र टिकट घर बाहेक ठाउँठाउँमा गाडीबाट समेत टिकट विक्रि गर्नुपरेको संघका महासचिव पदम जीसीले बताए ।

शनिबार मेलाका स्टल, होटेल–रेष्टुरेन्ट र बाल उद्यानमा उत्साहजनक ब्यापार भएको र स्टलधनीहरु सन्तुष्ट भएको संघका वाणिज्य उपाध्यक्ष लोकनाथ पन्थीले बताए । शनिबार मात्रै मेलामा रहेका ४ सय ७० स्टलहरुबाट १० करोड हाराहारीमा ब्यापार भएको अनुमान गरिएको पन्थीले बताए ।

शनिबार मेलामा गायक एवं मोडेल दुर्गेश थापा,कुशल बेल्बासे,रबिना बसेल, रामचन्द्र चन्द, योगराज पोखरेल,सीता राना, विधान कार्की र मोडेल चांदनी सिलियाको प्रस्तुति रहेको थियो । आइतबार आज चर्चित लोकदोहोरी गायक पशुपति शर्मा, भाइरल बाल गायक सचिन परियार, आधुनिक गायिका सहिमा श्रेष्ठ, शान्तिरानी परियार, गायक मनोजसिंह धामी, सन्जय सौगात, नारायण बीपी परियार, ओशियन अटो डान्स आइडलका प्रतियोगीको प्रस्तुति रहने सांस्कृतिक कार्यक्रम संयोजक यमलाल मरासिनीले बताए । बुटवल देवीनगर रंगशाला नजिक आयोजित ब्यापार मेला पुस २० गतेसम्म चल्ने छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।