बुटवल । अंग्रेजी नयाँ वर्षको पूर्वसन्ध्यामा आज विश्वभर विविध कार्यक्रम गरी मनाइँदैछ । सन् २०२१ लाई विदा गर्दै सन् २०२२ लाई स्वागत गर्नका लागि २१ को अन्तिम दिन राति विभिन्न कार्यक्रसहित २२ लाई स्वागत गरिँदैछ । पछिल्लो दशकमा नेपालमा पनि अंग्रेजी नयाँ वर्ष मनाउने चलननै बनेको छ ।
विगत २ वर्ष कोभिड प्रभावले उल्लासमय तवरले मनाउन नपाएपनि यस वर्ष भने उत्साहजनक देखिएको छ । नयाँ वर्षकै अवसरमा रुपन्देहीमा चहल पहल बढेको छ । नयाँ वर्ष लक्षित विभिन्न कार्यक्रमहरु पनि आयोजना गरिएका छन् । अंग्रेजी नयाँ वर्षमा घुमफिर गर्ने आन्तरिक पर्यटकका कारण रुपन्देहीका होटल तथा रेस्टुराँमा चहलपहल बढेको छ ।
कोरोना महामारीका कारण दुई वर्ष चहल पहल नभए पनि यो वर्ष नेपालमा कोरोना संक्रमण केही मत्थर भएसँगै अहिलेको अग्रेजी नयाँ वर्षमा चहल–पहल बढेको हो । रुपन्देहीका होटल व्यवसायीहरुले नयाँ वर्षमा आन्तिरक पर्यटकहरुलाई आर्कषित गर्नका लागि नयाँ वर्षमा विभिन्न छुटको व्यवस्था गरेका छन् । लामो समयसम्म कोरोनाका कारण निराश बनेका होटल व्यवसायीहरु अंग्रेजी नयाँ वर्षमा आन्तिरक पर्यटकहरुको चहल–पहलका कारण खुशि भएका छन् ।
लुम्बिनी घुम्न आउने विदेशी पर्यटकका कारण सधैँ भिडभाड हुने रुपन्देहीका होटल तथा रेस्टुराँ कोरोना महामारीका कारण सुनसान बनेका थिए । अंग्रेजी नयाँ वर्षमा आन्तिरक पर्यटकहरुको चहल–पहलका कारण उत्साहित देखिएका रुपन्देहीका होटल व्यवसायीहरुले अब व्यवसाय पुरानै लयमा फर्कने अपेक्षा गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्टले नयाँ वर्षलाई स्वागत गर्न रमाइलो साँझको आयोजना गरेको छ । रिसोर्टमा डिसेम्बर ३१ तारिखको साँझ ७ बजेदेखि गायक सरिता सुनारसहित शिव ब्यान्डको प्रस्तुति रहने गरी रमाइलो साँझको कार्यक्रम आयोजना गरिएको होटलका महाप्रबन्धक लक्ष्मण खड्काले बताए ।
‘कार्यक्रममा सहभागिता हुन आउने एकल ग्राहकका लागि १ हजार ५ सय रुपैयाँ, जोडीले २ हजार ५ सय र बच्चाका लागि १ हजार रुपैयाँ टिकट दर तोकिएको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै महाप्रबन्धक खड्काले भने ‘सोही टिकटदरमा खाजा, पेय पदार्थ र खानामा निःशुल्क व्यवस्था गरिएको छ ।’ साथै नयाँ वर्षको अवसरमा होटलमा बास बस्नेहरुले ४० प्रतिशतसम्म रुममा छुटको व्यवस्था रहेको होटलका महाप्रबन्धक खड्काले बताए ।
भैरहवा स्थित बोधि रेडसन् होटलले अंग्रेजी नयाँ वर्षलाई स्वागत गर्नका लागि लाइभ म्युजिक एण्ड डिजे कार्यक्रमको आयोजना गरेको छ । डिसेम्बर ३१ तारिकको साँझ ७ बजेदेखि कार्यक्रमम सुरु हुने होटलले जनाएको छ । होटलमा सहभागि हुने एकल ग्राहकका लागि १ हजार ५ सय र जोडी ग्राहकका लागि २ हजार ५ सय रुपैयाँको टिकटदर तोकिएको छ भने नयाँ वर्षको अवसरमा विभिन्न छुटको व्यवस्था समेत रहेको होटलले जनाएको छ ।
रुपन्देहीको सियारी गाउँपालिका स्थित लुम्बिनी प्यालेस रिर्सोटमा कन्सर्टको कार्यक्रम रहेको म्यानेजर सिएल पाण्डेले बताए । ‘कार्यक्रममा सहभागि हुने एकल ग्राहकका लागि २ हजार ५ सय रुपैयाँ र जोडि ग्राहकका लागि ४ हजार ५ सय रुपैयाँको टिकट रहेको छ ।’ म्यानेजर पाण्डेले भने‘ कार्यक्रममा सहभागि हुने मध्येबाट लक्कि ड्रबाट बिजेता हुनेका लागि आकर्षक पुरस्कारको व्यवस्था रहेको छ ।’
साथै नयाँ वर्षको अवसरमा होटलमा आउने आन्तिरक पर्यटकहरुका लागि विशेष छुटको पनि व्यवस्था रहेको म्यानेजर पाण्डेले बताए ।
तिलोत्तमा स्थित एस आर होटलले नयाँ वर्षको अवसरमा म्युजिक कार्यक्रमको आयोजना गरेको सञ्चालक समितिका सचिव चिरन अर्यालले बताए । ‘कार्यक्रममा सहभागि हुनेका लागि प्रतिव्यक्ति ९ सय ९० रुपैँयाको टिकटदर कायम गरिएको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै सञ्चालक समितीका सचिव अर्यालले भने ‘ १० वर्ष भन्दा कम उमेरका लागि भने टिकटमा ५० प्रतिशत छुट कायम गरिएको छ ।’ साँझ ७ः३० बजेबाट सुरु हुने कार्यक्रममा सोही टिकटमै ग्राहकहरुका लागि खानाको व्यवस्था समेत छ भने होटलमा बास बस्नेका लागि रुममा ३० प्रतिशत छुटको व्यस्था गरिएको अर्यालले बताए ।
यस्तै पौवा होटल, सिद्धार्थ कटेज लगायत रुपन्देहीमा रहेका ठूला तथा साना सबै होटलहरुले आन्तरिक पर्यटकहरुलाई आकर्षित गर्नका लागि नयाँ वर्षको अवसरमा विशेष कार्यक्रम र छुटको व्यवस्था मिलाएका छन् ।
प्रतिक्रिया