परासी । पश्चिम नवलपरासी प्रहरीले लागु औषध सहित चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले गोप्य सूचनाको आधारमा सोधपुछ गर्ने क्रममा भूमही–परासी सडक खण्डको रामग्राम–११ रानीपाकडबाट लागुऔषध सहित चार युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा कालिकोटका युवा समेत रहेकाले लागु औषध नवलपरासी हुदै टाढा टाढा सम्म पुग्ने पुष्टि भएको छ ।
शंका लागि चेकजाँच गर्ने क्रममा लु ४५ प ४१५३ नम्बरको मोटरसाईकलमा सवार पुर्वि नवलपरासीको कावासोती नगरपालिका –९ का १९ वर्षीय सुदिप सुनार र सोही मोटरसाईकलमा रहेका सोही स्थानका १९ वर्षीय निश्चल घिमिरेको साथबाट ८५५ ट्याब्लेट नाईट्रोभेट फेला परेको हो । उनीहरुकै साथमा आएको अर्को बा प ०२–०३० प ६२३९ नम्बरको मोटरसाईकलमा सवार कालिकोट खडाचक्र नगरपालिका – ४ बस्ने २२ वर्षीय बिमल शाही र सोही स्थान बस्ने २२ वर्षीय रमेश अधिकारी पनि प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायव उपरिक्षक प्रेम बहादुर शाहिले जानकारी दिए ।
पक्राउ परेका चारै जना लाई लागु औषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया