ताजा अपडेट »

माओवादी स्थायी समिति बैठकमा पदाधिकारी संख्या १५ बनाउन प्रस्ताव

शनिबार, १० पुस २०७८, ०४ : ५३
12 Shares
शनिबार, १० पुस २०७८
12 Shares

काठमाण्डौं । नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ । शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् । 

अहिले विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । तर अध्यक्ष प्रचण्डले पदाधिकारी १५ बनाउने प्रस्ताव बैठकमा गरेका छन् ।

माओवादीका एक स्थायी समिति सदस्यले पद बढाउने प्रस्ताव गरिएको भएपनि अध्यक्ष बाहेक कुन कुन पदमा कति जना भन्नेबारे भने टुंगो नलागेको बताए । उनका अनुसार यसबारे भोलि बस्ने बैठकमा थप छलफल हुनेछ । माओवादीले पुस ११ गतेबाट काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।