ताजा अपडेट »

पश्चिमी वायुकाे प्रभाव, यी क्षेत्रमा हिमपातकाे सम्भावना

विहीबार, ०८ पुस २०७८, ०७ : १२
16 Shares
विहीबार, ०८ पुस २०७८
16 Shares

काठमाण्डाैं । हाल देशमा पश्चिमी वायुको आंशिक  प्रभाव रहेको छ । दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहने माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । प्रदेश १, बागमती र गण्डकीका हिमाली क्षेत्रका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

राति सुदूरपश्चिम तथा अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । देशका उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रबार पहाडी भूभागमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागमा सामान्यतया मौसम सफा रहनेछ । उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।