बुटवल । पत्रकार टोपराज (टि.आर.) शर्मा उत्कृष्ट पत्रकारिता पुरस्कारबाट पुरस्कृत भएका छन् । शर्मा सम्मानसहित नगद रु ३० हजारबाट पुरस्कृत भएका हुन् । उनी कालिका मानवज्ञान मावि बुटवलको ६१औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा पुरस्कृत भएका हुन् । उनलाई शैक्षिक खोजमूलक र सकारात्मक सुझाव झल्किने खालको पत्रकारिता गरेको भन्दै राम बहादुर मिलन कुमारी अक्षयकोषद्वारा उक्त सम्मानसहित पुरस्कृत गरिएको हो ।
वि.सं.२०६० सालदेखि सक्रिय र निरन्तर पत्रकारितामा लागेका शर्मा अनलाइन खबरका क्षेत्रीय सम्वाददाता तथा राज्य टेलिभिजनका उपसम्पादक हुन् ।
वार्षिकोत्सवको अवसरमा विद्यालयमा थप २ पत्रकार पनि सम्मानित भएका छन् । सम्मानित हुनेमा चन्द्रकान्त खनाल र कल्पना तिवारी रहेका छन् । खनाल पालिका खबर र स्वास्थ्य खबर डटकममा आवद्ध छन् भने तिवारी रेडियो मुक्तिकी स्टेशन म्यानेजर हुन् । सम्मानितद्वय नगद रु १०–१० हजारबाट पुरस्कृत भएका हुन् । कालिका मानव ज्ञान माविले हरेक वर्ष शिक्षा क्षेत्रमा कलम चालउन पत्रकारहरुलाई सम्मान तथा पुरस्कृत गर्दै आएको छ ।
प्रतिक्रिया