ताजा अपडेट »

कालिका रनिङ शिल्डको उपाधि आयोजकलाई

मंगलबार, ०६ पुस २०७८, १८ : ११
18 Shares
मंगलबार, ०६ पुस २०७८
18 Shares

बुटवल । जिल्ला स्तरीय कालिका रनिङ शिल्डको उपाधि आयोजक कालिका मानवज्ञान माविले चुम्न सफल भएको छ । रुपन्देही जिल्लाका विभिन्न ३१ विद्यालयका छात्रछात्राले ४८ वटा इभेन्ट्स मेडलका लागि भएको प्रतिस्पर्धामा ३ स्वर्ण, ६ रजत र ४ कास्यसहित १३ पदक जितेर कालिका मानव ज्ञानले रनिङ शिल्ड उचाल्न सफल भएको हाे ।

यसैगरी ३ स्वर्ण, १ रजत र ३ कास्य गरि ७ पदक सहित बुटवलको एभरेस्ट बोर्डिङ स्कुल द्वितीय र ३ स्वर्ण, १ रजत र २ कास्य सहित ६ पदक प्राप्त गरि तिलोत्तमा नगरपालिकाको कुंवरवर्ती बोर्डिङ स्कुल तृतीय भएको छ । विजयी विद्यालयलाई बुधवार हुने वार्षिकोत्सब मूल समारोहमा नगद पुरस्कार र शिल्ड प्रदान गरिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए । वार्षिकोत्सब कार्यक्रम अन्तर्गत मँगलबार कालिका गायन तारा र जिल्लास्तरीय कविता प्रतियोगिता सम्पन्न भएका छन् ।

विद्यालयमा स्थापित विभिन्न अक्षयकोषबाट ३०० विद्यार्थीलाई छात्रवृत्ति तथा भुपु शिक्षक र दीर्घसेवि शिक्षकलाई सम्मान गरिएको छ ।विद्यालयको सेक्टर २ रामनगरमा आयोजित कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिबराज सुवेदिले बुटवललाई गुणस्तरीय शिक्षाको हब बनाउन उपमहानगरपालिकाले बुटवलमा एक विद्यालय, एकै पाठ्यक्रम, एकै पोशाक र सुविधाको अवधारणा अघि सारेको बताए । प्रमुख अतिथी सुवेदिले विद्यालयको १५ कोठे भवनको शिलान्यास गरेका छन् ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृष्ण गौतमले गरेका थिए । विद्यालयको ६१ औं वार्षिकोत्सब मूल समारोह पुष ७ गते हुनेछ । उक्त कार्यक्रममा कालिका रनिङ शिल्ड वितरणका साथै उत्कृष्ट शिक्षक सम्मान गरिनेछ । साथै सोही दिन रुपन्देही जिल्लामा रहि शिक्षा पत्रकारिता गर्ने २ जना पत्रकारलाई कालिका शिक्षा पत्रकारिता पुरस्कार प्रदान गरिने विद्यालयले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।