बुटवल । कालिका मानवज्ञान मावि बुटवलले आयोजना गरेको जिल्लास्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिता रोमान्चक मोडमा प्रवेश गरेको छ । कालिका, एभरेस्ट र कुंवरवर्ती स्कूलले ३/३ वटा स्वर्ण पदक जितेपछि रनिङ शिल्ड कस्ले उचाल्ने भन्ने कुरा भलिबलकाे अन्तिम खेलपछी नै टुङ्गो लाग्ने भएको छ ।
रनिङ शिल्ड प्रतियोगितामा कबड्डी, ज्याभलिङ थ्रो, लङ जम्प, हाइजम्प, छात्रा भलिबल, ३०० मिटर दौडका प्रतिस्पर्धाहरु सम्पन्न भइसकेका छन् । उक्त प्रतिस्पर्धामा कुंवरवर्ती, एभरेस्ट र कालिका मानवज्ञान माविले ३/३ वटा, नवीन स्कूलले २ वटा तथा सेन्ट जोसेफ, शान्ति नमूना, जनज्योति र मणिमुकुन्द माविले १/१ वटा स्वर्ण पदक जितेका छन् ।
रनिङ शिल्डको विजेताको टुंगो भलिबलको फाइनलपछि मात्र हुनेछ । अहिले छात्र भलिबलको क्वाटर फाइनल खेलहरु चलिरहेका छन् । भलिबलको आजै फाइनल खेल सम्पन्न भएपछी रनिङ शिल्डको विजेता घोषणा गरिने खेल संयोजक हरिश वलिले बताए ।
प्रतिक्रिया