बुटवल । नेपाली काँग्रेसका सिद्धार्थनगर उपसभापति एवम् वडा नम्बर-७ का वडा सदस्य किरण घिमिरेलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरीले बिहीबार राति घिमिरेलाई सिद्धार्थनगर नगरपालिका वडा नम्बर ७ मा रहेको उनकै घरबाट पक्राउ गरेको थियो । यस विषयमा रुपन्देही प्रहरी प्रवक्तालाई जानकारी लिन खोज्दा उनले नियन्त्रणमा लिएको पुष्टि गरेपनि के आरोपमा नियन्त्रणमा लिएको हो ,सो विषयमा बताउन चाहेनन् । अहिले अनुसन्धानकै क्रममा रहेको हुँदा थप कुरा पछि मात्र बताउन मिल्ने रुपन्देही प्रहरी प्रवक्ता नवरत्न पौडेलले बताए ।
स्रोतका अनुसार गृहमन्त्री बालकृष्ण खाँणका नजिकका व्यक्ति भएका कारण प्रहरीले समेत विषय लुकाउन खोजेको आरोप छ । घिमिरेलाई जबर्जस्ति करणीको आरोपमा बिहीबार पक्राउ गरिएको स्रोतको दाबी छ ।
प्रतिक्रिया