ताजा अपडेट »

बुटवलको एक चर्चमा ९ वर्षीय बालकको शंकास्पद मृत्यु

आइतबार, ०४ पुस २०७८, ०८ : ५८
114 Shares
आइतबार, ०४ पुस २०७८
114 Shares

बुटवल । रुपन्देहीको बुटवल-११ बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालकको संकास्पद मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार ९ वर्षका बालक आरएस खड्गीले झुण्डिएर आत्महत्या गरेका हुन् ।

शनिबार मध्यान्न १२ बजेको समयमा बालकले आत्महत्या प्रयास गरेपछि तत्कालै उद्धारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । परिवारले भने बालकको मृत्यु भइसकेपछि दिउँसो २ बजे मात्रै प्रहरीलाई खबर गरेको थियो ।

स्रोतका अनुसार बुद्धनगरमा अवस्थित स्थानीय राजेन्द्र गौतमको घर भाडामा लिई सञ्चालन गरिरहेको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालकले आत्महत्या प्रयास गरेका थिए । घटना बारे थप अनुसन्धान जारी रहेको बताउँदै प्रहरीले शवको पोस्टमार्टमपछि थप जानकारी प्राप्त हुने बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।