ताजा अपडेट »

कालिका माविमा रनिङ्ग शिल्डका लागि प्रतिस्पर्धा, १६ वटा इभेन्ट एकैठाउँ

शनिबार, ०३ पुस २०७८, ०८ : ३२
38 Shares
शनिबार, ०३ पुस २०७८
38 Shares

बुटवल । कालिका मानवज्ञान माविको ६१ औं वार्षिकोत्सवको अवसरमा यसै वर्षदेखि शुरु गरिएको जिल्ला स्तरीय कालिका रनिंग शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार शुरु भएको छ ।

प्रतियोगिता अन्तर्गत शुक्रबार छात्रा छात्र ज्याभलीङ थ्रोको फाइनल भएको छ । छात्रातर्फ सेन्ट जिसेफ इंगलिस स्कूलका शौरभ थारु, कालिका मानवज्ञान माविका विशाल पराजुली र न्यु इन्भार्न्मेंट स्कूलका वसन्त गुरुङले क्रमश प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्न सफल भएका छन् । छात्रातर्फ एभरेस्ट इंगलिस बोर्डिंग स्कूलकी छात्रा निशा चौधरी, कालिका मानवज्ञान माविकी तृष्णा मगर र तिलोत्तमा मावि फर्साटिकरकी रिया राना मगर क्रमश प्रथम, द्वितीय र तृतीय भएका छन् ।

शुक्रबार भएको भलिवल खेलमा छात्र समुहका पहिलो चरणका प्रतिष्पर्धा भएको छ । उक्त प्रतिष्पर्धामा सिद्धार्थ बोर्डिंग स्कूल, सेन्ट जोसेफ इंगलिस बोर्डिंग स्कूल, दिप बोर्डिंग स्कूल, कान्ति माबी, सिता माबि, उजिरसिंह माबी र कालिका मानवज्ञान माबी दोश्रो चरणमा प्रवेश गरेका छन् ।

सप्ताहव्यापी कार्यक्रमको सन्दर्भमा संघीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रि देबेन्द्र पौडेलले विद्यालय भ्रमण गरि विद्यालयले गरेका असल अभ्यासहरुको जानकारी लिनुका साथै कबड्डी प्रतियोगिताको शुभारम्भ गरेका छन् । छात्रातर्फको कबड्डी प्रतियोगितामा न्यू इन्भार्न्मेंट बोर्डिंग स्कूल, शान्ति नमुना माबी, मोतिपुर माबी, कालिका मानवज्ञान माबी, होराइजन गौतमबुद्द बोर्डिंग स्कूल, नवज्योति बोर्डिंग स्कूल र जनजागृति माबी विजयी भएर दोश्रो चरणमा प्रवेश गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।