ताजा अपडेट »

तीन सहमहामन्त्रीको मतपरिणाम : दुईमा देउवा र एक शेखर पक्ष विजयी, कसले कति मत पाए ?

शुक्रबार, ०२ पुस २०७८, ०७ : ०३
20 Shares
शुक्रबार, ०२ पुस २०७८
20 Shares

काठमाण्डौं । नेपाली कांग्रेसको सह महामन्त्री पदमा तीन जना निर्वाचित भएका छन् । बिहीबार राति सम्पन्न महिला, जनजाति र दलिततर्फको मतगणनामा महालक्ष्मी उपाध्याय (डीना), भिष्मराज आङ्देम्बे र जीवन परियार निर्वाचित भएका हुन् ।

उपाध्याय र आङ्देम्बे सभापति शेरबहादुर देउवा समूहका हुन् भने परियार डा. शेखर कोइराला समूहका हुन् । निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्त गोपालकृष्ण घिमिरेका अनुसार डिनाले २५३३ मत प्राप्त गरेकी छन् भने उनकी प्रतिस्पर्धी कमला पन्तले २१०५ मत प्राप्त गरिन् ।

आङ्देम्बेले २७११ मत पाए । उनका प्रतिद्वन्द्वी विकास लामाले १९१३ मत प्राप्त गरे । परियारले २२१२ मत पाए भने मानबहादुर विश्वकर्मा २१७५ मतमा पराजित भए । ८ जना सहमहामन्त्री रहेको कांग्रेसमा मुस्लिम, मधेशी, पिछडिएको क्षेत्र, थारु, खस/आर्यको मतगणना शुक्रबार विहानदेखि हुने निर्वाचन समितिले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।