ताजा अपडेट »

कालिका रनिङ शिल्ड प्रतियोगिता सुरु ,कालिकाबाट पाठ सिक्न अन्य विद्यालयललाई मन्त्रीको आग्रह

विहीबार, ०१ पुस २०७८, २२ : ०६
18 Shares
विहीबार, ०१ पुस २०७८
18 Shares

बुटवल । लुम्बिनी प्रदेशका शिक्षा,बिज्ञान,युवा तथा खेलकूद मन्त्री वसीउद्दीन खाँले अन्य सरकारी विद्यालयहरुले बुटवलको कालिका मानवज्ञान माध्यमिक विद्यालयबाट पाठ सिकेर शिक्षाको गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिएका छन् ।बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयको ६१ औ वार्षिकोत्सवको अवसरमा बिहीबार आयोजित कालिका रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री खाँले उक्त कुरा बताएका हुन् ।

जिल्लाका अन्य विद्यालयहरुले पनि कालिकाबाट पाठ सिकेर विद्यालयको शैक्षिक गुणस्तर बृद्धि गर्नेतर्फ लाग्नुपर्ने बताउँदै मन्त्री खाँले शैक्षिक गुणस्तर सुधार गर्न विद्यालयहरुले ठोस योजना र प्रस्ताव लिएर आएमा प्रदेश सरकारले विद्यालयहरुलाई आवस्यक सहयोग गर्ने बताए । खेलकुदले मानिसलाई स्वस्थ र अनुशासित बनाउने र यस्तो व्यक्तिले मात्र शैक्षिक सफलता प्राप्त गर्न सक्ने भएकोले हरेक विद्यालयले खेलकुदलाई पनि शैक्षिक सुधारको माध्यम बनाउनुपर्ने कुरामा जोड दिए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनेश थापा, खेल संयोजक हरिश वली लगाएतले विद्यालयको शैक्षिक तथा खेल क्षेत्रमा भएका प्रगतिबारे जानकारी गराएका थिए । उद्घाटन कार्यक्रममा विद्यार्थीहरुले सांगीतिक पिटी, ड्रिल र विभिन्न जानाजातिहरुको सास्कृतिक सास्कृतिक नृत्य समेत प्रस्तुत गरेका थिए ।

विद्यालयले ६१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस जिल्ला स्तरीय कालिका रनिङ शिल्ड प्रतियोगिता सहितका कार्यक्रम गरी सप्ताहब्यापी रुपमा मनाउन लागेको छ । प्रतियोगिता अन्तर्गत ज्यावलिङ थ्रो, लङजम्प, भलिबल, कबड्डि तथा एथलेटिक्स ट्याकतर्फ ८ सय, १ हजार ५ सय र ३ हजार मिटर गरि १६ ईभेन्टहरुमा खेलहरु हुनेछन् । प्रतियोगितामा ३० वटा विद्यालयका ४ सय ८० जना खेलाडीहरु सहभागी हुने खेल संयोजक हरिश ओलीले बताए ।

कुल १६ स्वर्ण पदक, १६ कास्य र १६ रजत पदकका लागि प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयासहित शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि दोस्रो टिमले ३० हजार नगद, तेस्रो टिमलाई नगद २० हजार रुपैया सहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने विद्यालयले जनाएको छ ।

बार्षिकोत्सवकै अवसरमा खुल्ला ५ हजार मिटर दौड, कालिका गायनकला प्रतियोगिता, विज्ञान प्रविधि प्रदर्शनी लगाएतका कार्यक्रम समेत आयोजना गरिएको छ ।

वार्षिकोत्सव कार्यक्रमको मूल समारोह पुष ६ गते राम नगर स्थित विद्यालयको सेक्टर २ मा तथा पुष ७ गते कालिका नगर स्थित सेक्टर १ मा र हुने उक्त समारोहमा विजयी खेलाडीलाई पुरस्कार वितरण गर्नुको साथै छात्रवृति वितरण, शिक्षक तथा पत्रकार सम्मान गरिने विद्यालयका प्रधानाध्यापक दिनेश थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।