ताजा अपडेट »

प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक १२-१३ पुस लुम्बिनीमा

बुधबार, २९ मंसिर २०७८, ०९ : ४८
8 Shares
बुधबार, २९ मंसिर २०७८
8 Shares

काठमाण्डौं । प्रेस चौतारी नेपालले नवौँ राष्ट्रिय अधिवेशनको मिति निर्धारणलगायत विषयमा छलफल गर्न १२-१३ पुसमा रुपन्देहीको लुम्बिनीमा केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

प्रेस चौतारीले केन्द्रीय कमिटीमा अनुशासनको कारबाहीबाट हटाइएर रिक्त स्थानमा बिधानअनुसार सदस्य मनोनयन र एकता प्रक्रियाबाट आएकालाई समायोजन गरेपछि पहिलो पटक केन्द्रीय बैठक बस्न लागेको हो । 

बैठकमा केन्द्रीय आयोगका पदाधिकारी तथा सदस्यसमेत सहभागी अध्यक्ष गणेश बस्नेतले जानकारी दिए । पछिल्लो पटक संशोधन गरिएको बिधानमा आयोगका सदस्इ पनि केन्द्रीय सदस्यकै सरह रहने व्यवस्था भएपछि दुवै आयोगका सदस्यलाई पनि केन्द्रीय कमिटी बैठकमा सहभागी गराइने बस्नेतले जनाए ।

बैठकले राष्ट्रिय अधिवेनशनको मिति तोक्नुका साथै प्रदेश र जिल्ला अधिवेशनको तिथि तय गर्नेछ । चौतारीले आगामी फागुनभित्र नवौं राष्ट्रिय अधिवेशन सम्पन्न गरिने कार्ययोजनासहित अघि बढेको जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।