ताजा अपडेट »

काँग्रेस महाधिवेशन : ३८०० मत खस्यो, राति नै मतगणना गरिने

मंगलबार, २८ मंसिर २०७८, २० : ४१
14 Shares
मंगलबार, २८ मंसिर २०७८
14 Shares

काठमाडौ । नेपाली काँग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान जारी रहेको छ।  मंगलबार राति सवा ८ बजेसम्म ३८०० मत खसेको छ भने मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ।  मतदानका लागि कुल ४ हजार ७४३ प्रतिनिधि रहेका छन् भने सभापतिमा शेरबहादुर देउवा र शेखर कोइरालाबीच प्रतिस्पर्धा भइरहेको हो । यसैबीच मतदान सकिएपछि रातिदेखि नै मतगणनाको तयारी भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।