ताजा अपडेट »

कांग्रेस सभापति मतगणना : ४१७४ मत गन्दा १९९५ मतसहित देउवा अगाडि, अब ५०० मत गन्न बाँकी

मंगलबार, २८ मंसिर २०७८, ०८ : ३८
12 Shares
मंगलबार, २८ मंसिर २०७८
12 Shares

काठमाण्डाैं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको पछिल्लो मतपरिणामअनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन् । पार्टीको केन्द्रीय निर्वाचन समितिका अनुसार चार हजार १७४ मत गणना हुँदा सभापति देउवाले १,९९५, सभापतिका अरु उम्मेदवारहरू क्रमशः डा शेखर कोइरालाले १,५४२, प्रकाशमान सिंहले २५७, विमलेन्द्र निधिले २०१ र कल्याण गुरूङले १७ मत प्राप्त गरेका छन् ।

सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएमा सबैभन्दा बढी मत ल्याउने दुई जनाबीच पुनः मतदान गरिनेछ ।

पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । तर पहिलोपटक नै दुई जना मात्र उम्मेदवार भएमा बढी मत ल्याउने उम्मेदवार विजयी हुने विधानमा व्यवस्था छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि मतदान भएको थियो । अन्य पदको मतगणना भने सभापति पदको मतगणनापछि पार्टी केन्द्रीय कार्यालयमा गरिने बताइएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।