ताजा अपडेट »

टावरमा आगलागी भएपछि डेढ हप्तादेखि सञ्चारविहीन

सोमबार, २७ मंसिर २०७८, १९ : ०८
4 Shares
सोमबार, २७ मंसिर २०७८
4 Shares

सिमकोट । हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोट गाउँपालिका–७ स्थित धारापोरीको ठाडा ढुंगामा रहेको नमस्तेको टावरमा आगलागी भएपछि सो क्षेत्रका स्थानीय सेवाग्राही सञ्चारको पहुँचबाट वञ्चित भएका छन् ।

गत मङ्सिर १४ गते बेलुका ४ बजेको समयमा एक्कासि टावर घरमा आगलागी भएको जानकारी पाएपछि धारापोरी गाउँका स्थानीय नागरिकहरूले उक्त आगो नियन्त्रणमा लिएका धारा पोरीका स्थानीय कालीबहादुर सिंहले बताए ।

धारापोरीमा रहेको नमस्ते मोबाइलको टावरमा आगलागी भएपछि करिब डेढ हप्तादेखि सिमकोट गाउँपालिका वाड नम्बर ७ को धारापारी, डाँडाफया, चौगानफया र वडा नम्बर ८ को स्याँडा, खोल्सीका र नाम्खा गाउँपालिकाका धिँगा, गाडापारी, च्यादुक, खगाँलगाउँलगायत लामा खोल्सीका केर्मी गाउँका स्थानीय नागरिक प्रत्यक्ष फोन सम्पर्कबाट प्रभावित भएका छन् ।

नमस्ते मोबाइलको टावरमा आगलागी भएपछि दिनदेखि सिमकोट र नाम्खा गाउँपालिकाका दुई वटा गाउँपालिका गरेर करिब आठ हजार सेवाग्राही फोन सेवाबाट वञ्चित भएका छन् ।

टावरमा ४८ ओटा ब्याट्री र अन्य टावर सञ्चालनका लागि प्राविधिक सामाग्री रहेका थिए । तर, केही जलेर नष्ट भएका छन् भने केही बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ । टावर के कति कारणले जलेको हो त्यसको जानकारी नभएको जनाइएको छ ।-सुरेस परियार/न्युज कारखाना  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।