ताजा अपडेट »

सिमावर्ती क्षेत्रका मदिरा पसलले भारतीय प्रहरीलाई तनाव

सोमबार, २७ मंसिर २०७८, १८ : ४१
12 Shares
सोमबार, २७ मंसिर २०७८
12 Shares

परासी । नेपाल र भारतका सुरक्षा अधिकारीको बैठक भारत उत्तर प्रदेशको नौतनवामा हिजो बसेको छ । भारतले आसन्न विधान सभा चुनावलाई लक्षित गरी आह्वान गरेको बैठकमा सिमा सुरक्षा, अपराध र तस्करी नियन्त्रण लगाएतका विषयमा छलफल भएको पश्चिम नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी जोरासिंह माझिले जानकारी दिए ।

नेपालको सिमावर्ती क्षेत्रमा खुलेका मदिरा पसल भारतका लागी टाउको दुखाईको विषय बनेको छ । बैठकमा भारतले चुनावसम्म मदिरा पसलको व्यवस्थान गर्न नेपाली पक्षको ध्यानआर्कषण गराएको छ । सिमा क्षेत्रमा खुलेका मदिरा पसल मार्फत भारत तर्फ पनि लुकाईछिपाई मदिरा लाने र भारतियहरु नेपालमा आई सेवन गर्ने गरेको पाईकाले त्यसलाई नियन्त्रणको लागी भारतले नेपाली सुरक्षा निकाय संग आग्रह गरेको छ ।

उत्तरप्रदेशमा मदिरा प्रतिबन्धीत भएपनि चुनावको समयमा दशगजा नजिकै खोलिएका मदिरा पसलका कारण अशान्तीको वातावरण सृजना हुन सक्ने भएकाले केहि समयका लागी मदिरा पसल बन्द गर्न वा सिमा बाट टाढा सार्न भारतिय पक्षले आग्रह गरेको छ । नेपाली पक्षले यस विषयमा सोच विचार गरी आवश्यक निर्णय गर्ने जनाएको माझिले बताए । साथै नेपाली पक्षले बैठकमा भारतबाट नेपाल तर्फ हुने लागु औषध तस्करीको विषयलाई प्राथमिकता साथ उठाएको छ ।

बालबालीका र महिलालाई प्रयोग गरी लागुऔषध तस्करी हुने गरेको पाईकाले त्यस्को नियन्त्रणका लागी भारतिय सिमा सुरक्षा बललाई निगरानी बढाउन नेपाली पक्षले आग्रह गरेको छ । साथै दुवै देशका सुरक्षा निकायले सिमा क्षेत्रका प्रहरी बिट संग समन्वय गरी फरार रहेका अपराधि पक्रन सघाउने पनि सहमति भएको छ ।

पश्चिम नवलपरासीमा अपराध गरी भारतमा फरार भएका २८ जनाको खोजि गरिदिन भारतिय सुरक्षा निकायसंग नेपाली पक्षले आग्रह गरेको छ भने भारतले पनि नेपाल तर्फ फरार रहेका ४ जना वान्टेडको खोजि गरिदिन आग्रह गरेको छ । पश्चिम नवलपरासीका निमित्त प्रमुख जिल्ला अधिकारी माझिको नेतृत्वमा रुपन्देहिका निमित्त प्रमुख जिल्ला अधिकारी सहित दुवै जिल्लाका सुरक्षा निकायका प्रमुखको टोली बैठकमा सहभागि भएको थियो ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल