ताजा अपडेट »

पहिलो चरणमै नेतृत्वको टुंगो लाग्छ : बालकृष्ण खाँण

सोमबार, २७ मंसिर २०७८, १३ : ४१
14 Shares
सोमबार, २७ मंसिर २०७८
14 Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि मतदान भइरहेको छ । १३ पदाधिकारीसहित १३४ सदस्य केन्द्रीय कार्यसमिति चयनका लागि मतदान जारी छ । शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ सभापतिको दौडमा छन् । कुनै पनि सभापतिका एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेमा दोस्रो चरणको निर्वाचन हुने कांग्रेस विधानमा उल्लेख छ ।

तर, पहिलो चरणबाट नेतृत्वको टुंगो लाग्ने देउवा समूहबाट सदस्यमा पदमा उम्मेदवारी दिएका बालकृण्ण खाँणले जानकारी दिए । मतदान गरेर बाहिरिने क्रममा उनले पहिलो चरणबाट नेतृत्वको टुंगो लाग्ने बताएका हुन् । देउवा सभापतिमा निर्वाचित हुने दाबी गरेका उनले गठबन्धनको सरकार टिकाउन पनि देउवा कांग्रेसको नेतृत्वमा आउन जरुरी रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।