ताजा अपडेट »

तुलसीपुरबाट सल्यान जाँदै गरेको जिप दुर्घटना, ४ जनाको मृत्यु

सोमबार, २७ मंसिर २०७८, ११ : २३
सोमबार, २७ मंसिर २०७८

दाङ । तुलसीपुरबाट सल्यान कपुरकोट जाँदै गरेको जिप श्रीखोलामा दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ, १४ जना घाइते भएका छन । त्यस्तै ३ जना उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा कपुरकोट गाउँपालिका ३ का ४८ वर्षीय प्रेम प्रकाश शर्मा, वडा नं. ४ की ४६ वर्षीया सिउनी घर्ती, कपुरकोट ३ की २५ वर्षीय लालमती खड्का रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कपुरकोट ३ की ४५ वर्षीय देवी चापागाईँ, सोही ठाउँका २७ वर्षीय भुप बहादुर थापा, वडा नं. ४ की १८ वर्षीया अनिता पुन, १९ वर्षीया रमिता बस्नेत, ३९ वर्षीया दिल कुमारी बूढा, कपुरकोट ३ का ४६ वर्षीय कर्ण बहादुर खड्काको अवस्था गम्भिर रहेको र उनीहरूको कोहलपुरमा उपचार भइरहेको छ ।

त्यस्तै घाइते मध्य कपुरकोट १ का वर्षीय रेशम थापा, वडा नं। ४ की ३४ वर्षीय कमला थापा, वडा नं। ४ की अनिता पुनकी एक महिनाकी छोरी आरती पुन र वडा नं. ४ किमुचौरका ६६ वर्षीय डम्बर बहादुर बुढाथोकी र वडा नं. ३ का २२ वर्षीय धर्म थापाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै गाडी चालक तुलसीपुर ३ का होमराज खत्री डिस्चार्ज भएको र उनलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । आइतबार दिउँसो करिब साढे ४ बजेतिर तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको रा १ ज ४३८ नम्बरको जिप तुलसीपुर ३ श्रीखोला नजिकै सडकबाट करिब २ मिटर तल खेको थियो ।

त्यस्तै वडा नं. ३ का ५२ वर्षीय चन्द्र बहादुर खड्काको कोहलपुरमा उपचार गर्ने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै घाईते मध्य ७ जनाको अवस्था गम्भिर रहेको र उनीहरूलाई थप उपचारका लागि मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको जिप्रका दाङले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।