ताजा अपडेट »

शैक्षिक क्रियाकलाप अवलोकन गर्न खोटाङ पुगे विप्लव

आइतबार, २६ मंसिर २०७८, १६ : ५१
20 Shares
आइतबार, २६ मंसिर २०७८
20 Shares

खोटाङ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले खोटाङमा वैकल्पिक शिक्षाको अभ्यास गरिरहेको शुभद्रा(मदन फाउन्डेसनको शैक्षिक क्रियाकलाप अवलोकन गरेका छन् । खोटाङ, सोलुखुम्बु र भोजपुरका जिल्ला कमिटी सदस्यलाई आन्तरिक प्रशिक्षण दिन खोटाङ आइपुगेका महासचिव विप्लवले शुभद्रा(मदन फाउन्डेसनमार्फत सञ्चालन भइरहेको शिक्षण सिकाइ क्रियाकलाप अवलोकन गरेका हुन् । विद्यार्थीलाई ‘गरिखान सिकाउने’ प्राक्टिकल शिक्षाको अभ्यास गराउँदै आएको फाउन्डेसनमा विप्लवले दुई दिन बिताएर आइतबार फर्किएका छन् ।

उत्पादनसँग जोडेर जनवादी स्कुल चलाउने अवधारणासहित विप्लवले फाउन्डेसन अवलोकन गरेको कार्यकारी निर्देशक सूर्य राईले बताए । ‘जनवादी स्कुल चलाउने विषयमा प्रचण्ड र बाबुरामसँग उनको छलफल नै भएको रहेछ,’ कार्यकारी निर्देशक राईले भने, ‘शिक्षालाई उत्पादनसँग जोडेर केही गरौं भन्ने उनको सोच अहिले पनि रहेछ । सोही अनुसार उनले फाउन्डेसनको शैक्षिक मोडलको विषयमा अवलोकन गरेका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।