ताजा अपडेट »

बुटवलबाट १० भाइलाई नेपालले भने-प्राइभेट कम्पनीबाट मुक्त भएर समाजवादीमा सामेल हुनुहोस्

शनिबार, २५ मंसिर २०७८, १० : १४
6 Shares
शनिबार, २५ मंसिर २०७८
6 Shares

बुटवल । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले पार्टी विभाजनमा साथ नदिएका १० भाईलाई केपी ओलीको प्राइभेट कम्पनीबाट मुक्त भएर सामाजवादीमा सामेल हुन आग्रह गरेका छन् ।

एमाले विभाजनको क्रममा साथ नदिएका भीम रावल, धनेश्याम भुसाल लगायतका १० नेताहरुलाई एकृकित समाजवादीकमा स्वागत गर्न तयार रहेको बताउँदै बिहान हराएको परिवारको सदस्य साँझ फर्कियो भने हराएको नभन्न नमिल्ने टिप्पणी गरेका छन् ।

समाजवादी प्रेस संगठन नेपाल रुपन्देहीले शनिवार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै कम्युनिष्ट आन्दोलन, समाज परिर्वतनको अभियान जुटन, कम्युनिष्ट आन्दोलनमा सहभागि हुन र माक्र्सवादको मागर्दशनलाई अघि बढाउन चाहेको भए केपी ओलीको प्राइभेट कम्पनीबाट मुक्त भएर एकीकृत समाजवादीमा सामेल हुन आग्रह गरेका हुन।

‘उहाँहरुलाई हामी स्वागत गर्दछौ । बिहान हराएको परिवारको सदस्य साँझ फर्कियो भने हराएको मानिदैँन । यस हुनाले स्वागत छ ।’ पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले भने ‘ पाइभेट कम्पनीबाट मुक्त भईहाल्नुहोस र एकीकृत समाजवादीमा सामेल हुनुहोस् ।’साथै अध्यक्ष नेपालले एमाले २०७४ सालको निर्वाचनमा राप्रपा र माओवादीसँग मिल्दा ठिक अहिले एकृकित समाजवादी मिल्दा गलत भन्ने केपी ओलीको तर्क अनुचित रहेको बताए ।

‘२०७४ सालमा एमालेले आफूले जित्न राप्रपाको साहारा लिनुपर्ने, माओवादीको शरण पर्नु पर्ने । आज एकृतिक समाजवादीले अरु पार्टीसँग मिलेर शक्ति बृद्धि गर्न खोज्दा अनुचित भनेर भनु गलत हो ।’– उनले भने । साथै एकृकित समाजवादीले शक्ति बद्धिका लागि लागि अनुचित उपाए नअपनाएर न्याचित उपाए अपनाएर जानु स्वभाविक रहेको बताए ।

अहिले सबै तिर एकीकृत समाजवादीको धुम मच्चिएको दाबी गर्दै लुम्बिनी प्रदेशसभामा कमजोर भनिएको गुल्मी झन सशक्त भएको बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।