ताजा अपडेट »

बिपीको अगुवाइमा प्रजातन्त्रीकरण अभियान थालेको हामीले भुल्यौँ : सिपी मैनाली

शुक्रबार, २४ मंसिर २०७८, १५ : ४१
18 Shares
शुक्रबार, २४ मंसिर २०७८
18 Shares

काठमाडौं । नेकपा मालेका महासचिव सिपी मैनालीले कांग्रेस नेता बिपी कोइरालाको नेतृत्वमा भएको प्रजातन्त्रीकरण अभियान थालेको नेताहरूले भुलेको बताएका छन् । 

काठमाडौंमा भइरहेको कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै उनले देशमा व्यवस्था फेरिए पनि अवस्था नफेरिनुमा बिपीको अगुवाइमा भएको प्रजातन्त्रीकरण अभियानको मर्म र उद्देश्यलाई राजनीतिक दल र तिनका नेता भुलेको परिणाम रहेको बताए । 

आन्तरिक किचलो र बाह्य हस्तक्षेपले देश अस्थिरतामा फस्दै आएको बताएका उनले देशका कार्यकारी प्रमुखले देशको अवस्थाबारे  जानकार नरहेका टिप्पणी गरे । 

देशभक्त शक्तिहरू एकजुट भएर देशको समस्या समाधान गर्दै अघि बढ्नुपर्नेमा जोड दिए । न्यायालयलाई भागबन्डा  दिएर सरकार चलाइरहेकाे उनकाे आराेप थियाे । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।