ताजा अपडेट »

लमजुङ जीप दुर्घटना अपडेट : तीन जनाको मृत्यु, नौ घाइते

विहीबार, २३ मंसिर २०७८, १५ : ३७
20 Shares
विहीबार, २३ मंसिर २०७८
20 Shares

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका-२ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा एक जना शिक्षक र दुई विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ।

विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग१ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो। मर्स्याङ्दी-२ स्थित गणेश मावि कक्षा ७ र ८ का विद्यार्थीलाई दुईवटा जीपमा राखेर भुष्मे गाउँतर्फ लगिएको थियो। 

मृत्यु हुनेमा कपिलवस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिशा गुरूङ र सेग्लेका गणेश भण्डारी छन्। लमजुङ प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार जीपमा सवार नौ जना घाइते भएका छन्।

दुर्घटनाका मृतक र घाइतेलाई जिल्ला अस्पताल लमजुङमा ल्याइएको डिएसपी कार्कीले बताए । उनका अनुसार दुई घाइतेलाई थप उपचारका लागि चितवन मेडिकल कलेज लगिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।