बुटवल । रुपन्देहीमा दुई दिने जिल्लास्तरीय टेबलटेनिस प्रतियोगिता शुरु भएको छ । लियो क्लब अफ बुटवलको आयोजनामा आईतबारदेखि जिल्लास्तरीय कृष्ण देवि बज्राचार्य स्मृति अन्तर मावि टेबलटेनिस प्रतियोगिता शुरु भएको हो ।
प्रतियोगिताको लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सहश्राम यादवले उद्घाटन गरेका छन् । विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ क्लबको आयोजनामा विगत लामोसमयदेखि प्रतियोगिता आयोजना गरिँदै आएको लियो क्लब अफ बुटवलका अध्यक्ष रमेश न्यौपानेले बताए । कार्यक्रममा अखिल नेपाल खेलकुद महासंघका प्रदेश संयोजक विष्णु ढकाल, रुपन्देही जिल्ला टेबलटेनिस संघका अध्यक्ष सुरेन्द्र कुमार शाक्य, प्रमुख सल्लाहकार अर्जुनमान सैजु, संस्थापक अध्यक्ष कृष्ण कुमार श्रेष्ठ, लियो सल्लाहकार सन्जय जैसवाल, रुपन्देही जिल्ला खेलकुद विकास समितिका प्रमुख राजेन्द्र श्रेष्ठ, पुर्व अध्यक्ष समितराज बज्राचार्य, टेबलटेनिस लेभल २ प्रशिक्षक महेश खनालले ब्यवसायिक रुपमा खेलाडी तयार गर्ने आधार बनाउन सरकारबाट सहयोग हुनुपर्ने बताए ।
कक्षा १ देखि ५ सम्म, कक्षा ६ देखि ८, कक्षा ९ देखि १२ सम्म छात्रछात्रा, छात्र डबल्स, छात्रा डबल्स गरि आठ विद्यामा खेल खेलाइएको छ । देविनगरस्थित ओलीपथ कबर्ड हलमा शुरु भएको प्रतियोगितामा जिल्लाका २५ विद्यालयका करिब ३ सय ५० विद्यार्थी खेलाडीहरु सहभागी रहेका कार्यक्रम संयोजक गणेश न्यौपानेले बताए ।
प्रतिक्रिया