ताजा अपडेट »

नेकपा एमाले बेरोजगारले तास फिट्ने र बाँड्नेहरूकाे पार्टी होइन : ओली

शुक्रबार, १० मंसिर २०७८, १५ : ५५
16 Shares
शुक्रबार, १० मंसिर २०७८
16 Shares

चितवन । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमाले बेरोजगारहरूले तास फिट्ने र बाँड्ने पार्टी नभएको बताएका छन् । उनले यो पार्टी सिर्जनशील व्यक्तिहरूको पार्टी भएका बताएका छन् । आफ्नो सिर्जनशीलताले देश विकास र सम्पन्न बनाउन उनले आग्रह गरेका छन् ।

उनले नेकपा एमाले सधैँ देशवासीप्रति चिन्तित रहने पार्टी भएको र सोहीअनुसार समृद्ध नेपाल सुखी नेपाली अभियान चलाएको दाबी गरेका छन् । उनले अब नेपाली सन्ततिले दुःख, अशान्ति, बेरोजगारी, अभाव, बिरामी, रोगी भएर बस्नु नपर्ने पनि बताएका छन् । यस्ता विषय अब सिनेमा र डकुमेन्ट्रीमा मात्रै देखिने उनकाे भनाइ छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।