दुई वा भन्दा बढी देशहरु बीच हुने व्यापारलाई विदेशी व्यापार वा यसलाई अन्तराष्ट्रिय व्यापार पनि भनिन्छ । देशको आर्थिक विकासमा विदेशी व्यापारको महत्वपूर्ण भूमिका हुने भएकाले आज प्रत्येक देशले विभिन्न देशहरुसँग व्यापार गरिरहेको छ। हाम्रो जस्तो देशको अर्थव्यवस्थामा वैदेशिक व्यापारको महत्वपूर्ण भूमिका रहन्छ। आन्तरीक बजार सिमित भएकाले देश भित्र खपत हुन नसकी बाँकी रहन गएको बस्तुहरु निकासी गर्नुपर्ने हुन्छ र उपलब्ध गर्नुपर्ने हुन्छ । वैदेशिक व्यापार भन्नाले देशको बाह्य जगतसँग आफ्नो व्यापार सम्पर्क बढाउनु हो । अर्थात् एउटा देशले अर्को देशसँग सेवा वा सीपको किनवेच गर्ने व्यवहार नै वैदेशिक व्यापार हो । यसमा वस्तु तथा सेवाको विनियम क्रियाले राजनैतिक या राष्ट्रिय व्यापारले राजनीतिक सिमाना भन्दा बाहिरका देशहरmसँग गरिने व्यापार भन्ने बुझिन्छ ।
कुनै पनि देश स्वयम सर्व समान हुन सक्दैन, चाहे त्यो विकसित देश नै किन ? नहोस् र प्रत्येक देशले आफ्नो आवश्यकता परिपूर्ति गर्न अन्य अन्र्तराष्ट्रिय क्षेत्रसँग कुनै न कुनै प्रकारले सहयोग प्राप्त गर्ने गर्दछ । मानिसको सभ्यताको प्रारम्भ देखि नै कुनै न कुनै रुपमा वैदेसिक व्यापार अस्तित्वमा रहेको पाइन्छ । पुरातात्विक अनुसन्धानबाट पनि विश्वमा हजारौ वर्ष पहिले देखि नै वैदेशिक व्यापारको परम्परा रहेको भेटिएको छ । इजिप्ट, रोम, ग्रिक, आदि प्राचिन सभ्यतामा पनि वैदेशिक व्यापार चलेको तथ्य फेला परेको छ । त्यसपछि सभ्यताको विकास सँग–सँगै वैदेशिक वयापारको पनि विकास हुदै गयो । यूरोप, अमेरीका, एसियामा समेत यसको विस्तार भयो ।
नयाँ–नयाँ प्रविधि र वस्तुको उत्पादनको वृदिले गर्दा वैदेशिक व्यापारले फस्टाउने मौका पाएको देखिन्छ । पन्ध्रौ र सोह्रौ शताब्दीसम्म पुग्दा यसले विकसित रुप लिन पुगी सकेको थियो । सत्रौ शताब्दीमा व्यापारले महाजनी समयमा प्रवेश गरेर ठूला देशहरुले उपनिवेशहरmलाई व्यापारद्घारा नै नियन्त्रण गर्न प्रयास गरेको पाईन्छ । प्रथम विश्व युद्घ पहिले (सन् १८२०–१९१३), भन्दा र सुधार व्यवस्था (सन् १९२९–१९३८), द्घितिय विश्व युद्घ र त्यसपछिको समय (सन् १९३९ –१९५२) आधुनिक र्वतमान अवस्था (सन्१९५२ पछी) आदी समयमा विदेश व्यापारको वृदि भएको देखिन्छ । दोश्रो विश्व युद्घमा विदेश व्यापार राम्ररी फस्टाउन पाएन । द्घितीय विश्व युद्घपछी संयुक्त राष्ट्र संघ र यसका विभिन्न आर्थिक संस्थाहरु स्थापना भए पछि यिनीहरुले विश्वव्यापी व्यापारलाई बढाउन मद्दत गरे ।
नेपालले पनि परापूर्व कालदेखि नै वैदेशिक व्यापार गर्दै आएको छ । जसलाई कौटिल्यको अर्थशास्त्रले समेत प्रमाणित गरेका छ । नेपाल एक विकासोन्मुख कृषि मुलुक भएकोले प्रमुख रुपमा कृषि उत्पादन निर्यात गरिरहेको छ । यसका अतिरिक्त अन्य औद्मोगिक वस्तुहरु बिभिन्न मुलुकबाट आयात गरिएको छ भने देशमा बढी उत्पादन हुने कृषि एवम् वनजन्य वस्तुहरु विश्व बजारमा कारोवार गर्दछ । नेपालबाट बिशेषगरी कच्चा पदार्थ निर्यात गरिन्छ भने तयारी वस्तु एवम् पूँजीगत सामग्रीहरु आयात गरिने किसिमको बैदेशिक व्यापारको अभ्यास गरिएकोछ जसले गर्दा हाम्रो व्यापार सधैं प्रतिकूल अवस्थाबाट सञ्चालित हुन बाध्य छ ।
वि.सं. २००७ पछिको राजनीतिक परिवर्तन पछि नेपाल र विश्वका अन्य राष्ट्रहरु बीच सम्बन्ध स्थापित हुन थाल्यो त्यसबेला भारत र चीनको स्वःशासित प्रदेश तिब्बतसंग मात्र व्यापारिक सम्बन्ध रहिआएको वैदेशिक व्यापारको हिस्सामा पनि विस्तार हुन थाल्यो । वि.स. २०२१ साल देखी नेपालको वैदेशिक व्यापारमा वृद्दि भई भारत र चीन बाहेक समुन्द्र पारका अन्य देशहरु संग पनि व्यापार सम्बन्ध सुरुआत भएको थियो । वैदेशिक व्यापारको अवस्था , क्षेत्र ,बिस्तार विकास आदिमा समानुकुल सकारात्मक प्रभाब पार्नका लागी नेपाल तथा अन्य वैदेशिक व्यपारमा सहभागिता जनाएका मुलुकहरु बीच दुई पक्षिय व्यापार बिस्तारका लागी थुप्रै प्रकारका सम्झौता भएका छन् ।
जसले नेपालको वैदेशिक व्यापारको अवस्थामा आयतनमा वृद्धि गरेतापनि गुणस्तरियता तथा व्यापार घाटा न्यूनीकरण गर्नमा सकारात्मक योगदान दिन सकेका छैनन् । नेपालको अधिकांश वैदेशिक व्यापार मित्र राष्ट्र भारतसँगं हुने गरेको छ । अर्थात् कुल व्यापारको ८० प्रतिशत व्यापार भारतसँग हुने गरेको पाईन्छ । नेपालको वैदेशिक व्यापार भारत सँगैं अधिकांश रुपमा हुने तथा तेस्रो राष्ट्रसँग व्यापार गर्दा भारतीय बन्दरगाहा प्रयोग गर्नुपर्ने बाध्यताले गर्दा पनि हाम्रो व्यापार आफ्नो पक्षमा पर्न नसकि घाटा सहनु पर्ने अवस्था सिर्जना भएको छ । जसलाई समाधान गर्नका लागि पछिल्लो समयमा नेपाल–चीन बीच भएको पारवहन सम्झौताले प्रत्यक्ष रुपमा सकरात्मक प्रभाव पार्ने सैद्धान्तिक सम्भावना बोकेको छ । जसको प्रभावकारी प्रयोग गरिएमा मात्र उक्त सन्धि नेपालको वैदेशिक व्यापार बढाउने वैदेशिक घाटा कम गर्ने तथा नेपालको रोजगारी बढाउनेमा सावित हुने छ ।
सन् २००४ जनवरी छ मा दक्षिण एसियाली मुलुकहरुबीच स्वतन्त्र व्यापार सम्झौता भएको छ । भारत , पाकिस्तान , बङ्गलादेश लगायत १८ मुलुक सगं द्धिपक्षिय व्यापार सम्झौता भई सकेको छ जसले गर्दा पनि नेपालको वैदेशिक व्यापार भविष्यमा सफलताका साथ अगाडि बढ्ने प्रशस्त सम्भावना रहेको छ । नेपालको वैदेशिक व्यापारको पछिल्लो अवसलाई निम्निलिखित तालिकाबाट व्याख्या गर्न सकिन्छ :
माथिको तालिकाको आधारमा पछिल्लो समयमा देखा परेको कोभिड महामारीका कारणले अवरुद्ध भएको वैदेशिक व्यापारमा क्रमिक रुपमा सुधार भएको पाइन्छ । भन्सार विभागको पछिल्लो तथ्यांकका आधारमा आ.व.२०७६/७७ को तुलनामा आ.व.२०७७/७८ मा कुल वैदेशिक व्यापारमा २ प्रतिशत भन्दा बढिले घाटा बढेको पाइन्छ ।
यसरी व्यापार घाटा बढ्नुमा नेपाल भारत खुला सिमाना उपर्युक्त कर प्रणाली, भन्सार, सुरक्षा व्यवस्था, विचौलियाको प्रभाव उपर्युक्त सरकारी संयन्त्र जस्ता तत्वहरु पनि केही हदसम्म जिम्मेवारी रहेको छन् भने आयात निर्यात गरिने वस्तुको प्रकृति, गुणस्तर आदिले पनि नेपाल -भारत व्यापार घाटा बढाएको हुनुपर्दछ । यसै गरि नेपालको व्यापार पूर्ण तथा भारतिय गतिविधिमा आधारित भएकाले तेस्रो पक्ष्ँ सगं गरिने व्यापारलाई पनि उसले ठाडो हस्तक्षेप गर्ने भएकाले वर्तमान समयमा पनि नेपाली वैदेशिक व्यापार घाटामा रहेको हो।
विगतदेखि वर्तमान वैज्ञानिक युगको सन्दर्भमा आउँदासम्म नेपालले गर्ने निर्यात व्यापारमा कुनै परिवर्तन आएको छैन अर्थात परम्परागत कृषि प्रणालीबाट उत्पादित बस्तहरु हामीले वैदेशिक बजारमा निर्यात गरेका छौ भने विदेशबाट युग सापेक्ष वस्तुहरु आयात गरिरहेका छौ जुन कुराले हामीहरm लाई बढ्दो परनिर्भरता तर्फ घकेलि रहेको छ । जुन कुरालाई यहाँका उत्पादक, व्यापारी, उपभोगकर्ता तथा राज्य व्यवस्था सन्चालन गर्ने संयन्त्र बुझेको छैन भन्ने कुरालाई पछिल्लो समयमा बुझ्नु आवश्यक छ ।नेपालको वैदेशिक वयापारको अवस्था घाटामा सन्चालित हुनुमा यहाँको राजनैतिक अस्थिरता पनि जिम्मेवार छ ।
२०७२ सालमा गएको महा विनाशकारी भूकम्पको कारण देशमा नव निर्माण र पुनः निर्माणका लागि थुप्रै मेशिनरी सामग्रीहरुको आयात गर्नु परिरहेकोछ । जसले पछि नेपालको वैदेशिक व्यापारमा प्रत्यक्ष असर पुर्याउने छ । देशमा खाद्यान्न जन्य उत्पादनमा समेत कमी आएको कारणले गर्दा वर्तमान समयमा विदेशबाट आधारभुत खाद्यान्न समेत आयात गर्नु परिरहेको छ । जसकै आधारमा नेपालको वैदेशिक व्यापार घाटा भविष्यका केही वर्ष सम्म बढ्ने अनुमान गरिएको हो । नेपालको वर्तमान वैदेशिक व्यापारमा विदेशबाट जीवनमा प्रयोग हुने नुन देखि विलासिताका वस्तु सुन , हिरा , चाँदी तथा प्याकिङ्क खाना देखि लिएर ७ सय ५० मिलि लिटरको १ लाख रुपिया पर्ने जोनवारको व्हीस्की समेत आयात भएको छ भने निर्यातको दायरा भने कहिल्यै फराकिलो हुन सकेको छैन् बरु विगतमा निर्यात गरिने वस्तुहरु पनि वर्तमानमा आयात गरि रहेका छौ ।
नेपालले आफ्नो वैदेशिक व्यापारमा सुधार ल्याउनका लागि विश्व व्यापार संगठनको सदस्यता लिइएता पनि यसको उचित सदुपयोग गर्न सकेको छैन अर्थात् अभ्यास तथा प्रयास गरिएको छैन प्रयास गरिएको छैन् प्रयास गरिएका अवस्थामा पनि शक्ति सम्पन्न राष्टले विकासोन्मुख राष्टलाई गर्ने हेपाह व्यवहारका कारण नेपाल ग्रहासित भएको छ । वर्तमान समयमा पुरातात्विक तथा सांस्कृतिक महत्वका वस्तु वन्यजन्तु स्वास्थ्यमा प्रतिकुल असर पार्ने वस्तु लागुपदार्थ जस्ता वस्तुहरु गैरकानुनी तवरबाट आयात गरिएका छन् । अहिले भारतबाट मात्र विभिन्न ६५ प्रकारका वस्तुहरु र तेस्रो मुलुकबाट करिब २ हजार भन्दा बढि प्रकारका वस्तुहरु आयात भइरहको छ ।
प्रेटोलियम पदार्थ, सवारी साधान, स्पेयर्स पार्टस् फलाम तथा स्टिल र तिनबाट बनेका वस्तु मेसिनरी पार्टपुर्जा, दुर सञ्चार उपकरण, रासायनिक मल, सुन, औषधी जस्ता नेपालमा उत्पादन हुन नसक्ने वस्तु मात्र आयात भइरहेका छैन् कि नेपालमै लगानी मैत्री वातावरण सिर्जना गरी उत्पादन गर्न सकिने दलहन, चिनी, विद्युत् जस्ता कुराहरु पनि विदेश बाट आयात गरिएको छ । जसले गर्दा नेपालको वैदेशिक व्यापार आफ्नो पक्षमा भएको छैन।
अन्त्यमा नेपालको वैदेशिक व्यापारको लामो इतिहास भएता पनि व्यापार घाटामा सञ्चालित भएको र अधिकांश व्यापार भारतमा केन्द्रित रहेको जसले नेपाली अर्थतन्त्रलाई प्रत्यक्ष रुपमा प्रभावित पारेको छ । जसको असर नेपाली पूँजी निर्माण प्रक्रिया औद्योगिकरण कृषिको आधुनीकीकरण तथा समग्र आर्थिक विकासका समष्टिगत सूचकमा परेको छ ।
प्रतिक्रिया