परासी। नेपाल कम्यूनिष्ट पार्टी (एमाले) पश्चिम नवलपरासीले मंसीर १० देखि १२ गतेसम्म चितवनमा हुने दशौं महाधिवेशनका लागी हुने प्रतिनिधि छनोटका लागि हिजो शुक्रवार मनोनयन दर्ता गराएका छन् । आज हुने प्रतिनिधि छनोटका लागि सङ्घीय निर्वाचन क्षेत्र नं १ मा महिला ५ र पुरुष ९ गरी १४ जनाले उम्मेदवारी दिएका छन् ।
सङ्घीय क्षेत्र नं २ मा महिला ६ र पुरुष ११ जना गरी ११७ जनाले उम्मेदवारी दर्ता गराएको निर्वाचन समितिले जनाएको छ । सङ्घीय क्षेत्र नं २ मा धिरज शर्मा, सुवास चन्द्र जिसी, दीपेन्द्र अधिकारी, राम प्रसाद अर्याल, एक देव पाण्डे, बद्री खनाल, टोप बहादुर सिंह ठकुरी, निमानन्द न्यौपाने, पुन्य प्रसाद पौडेलले उम्मेदवारी दिएका छन् ।
महिलातर्फ देवी पौडेल लौडारी, सिन्धु जलेसा बुढाथोकी, राधिका शर्मा भट्ट, सरिता खनाल, मधुमाया पौडेलले उम्मेदवारी दिनु दिएका छन् । शनिवार बिहान ९ बजे देखि हुने सङ्घीय क्षेत्र नं १ मा ३३ सय ५६ र सङ्घीय क्षेत्र नं २ मा ३६ सय ७१ जना पार्टी सइदस्य मतदाता रहेका छन् ।
दलित समुदायबाट तुल्सी पासी र राजु हरिजनको मात्र उम्मेदवारी परेकाले निर्विरोध भएको छ । सङ्घीय क्षेत्र नं २ मा थान प्रसाद गैरै,डोलराज भण्डारी, केशव भण्डारी, वीरेन्द्र यादव, लेखनाथ खरेल, दधिराम अर्याल, रामचन्द्र भण्डारी, सूर्य प्रसाद दुबे, कृष्ण प्रसाद बगाले, राजन कुमार आचार्य, बद्रीमान श्रेष्ठ र महिलामा तारा आचार्य, सरस्वती सुबेदी, विमला अर्याल, रिगंला यादव, लक्ष्मी क्षेत्री र भगवती भण्डारीले उम्मेदवारी दिएका छन् ।
पश्चिम नवलपरासीबाट १४ जना महाधिवेशन प्रतिनिधि छनोट गरिने छ । सङ्घीय निर्वाचन क्षेत्र नं १ को प्रतिनिधि छनोटका लागि वाल्मीकि मा.वि. वर्दघाट पुर्नवासमा र सङ्घीय क्षेत्र नं २ को प्रगति मावि सुनवल स्वाठीमा निर्वाचन हुने छ ।
प्रतिक्रिया