ताजा अपडेट »

रुपन्देहीमा थप ट्राफिक लाइट, भैरहवाका देवकोटा र बुद्ध चोकमा पनि जडान

बुधबार, २४ कार्तिक २०७८, १२ : ०६
201 Shares
बुधबार, २४ कार्तिक २०७८
201 Shares

भैरहवा । रुपन्देहीका थप २ स्थानमा ट्राफिक लाइट जडान हुने भएका छन् । भैरहवा स्थित देवकोटा चोक र बुद्ध चोकमा ट्राफिक लाइट जडान हुने भएको हो । सिद्धार्थनगर नगरपालिकाले जडान गर्न लागेकोे यो लाइट लुम्बिनी प्रदेशमा जडान भएको दास्रो ट्राफिक लाइट हो । यस भन्दा अघि तिलोत्तमा नगरपालिकाले मणिग्राममा लुम्बिनी प्रदेशमै पहिलो पटक ट्राफिक लाइट जडान गरेको थियो ।

अहिले ट्राफिक लाइट जडानको काम भइरहेको बताउँदै बुद्ध चोकको काम अन्तिम चरणमा रहेकाले एक हप्ता भित्रमा लाइट सञ्चालनमा आउने सिद्धार्थनगर नगरपालिकाका सव–इन्जिनियर चेतनारायण ज्ञवालीले बताए । ‘अहिले ट्राफिक लाइट जडानको काम भइरहेको छ ।’ ग्लोबल आवाजसँग कुराकानी गर्दै ज्ञवालीले भने ‘देवकोटा चोकको जडानको काम अन्तिम चरणमा पुगिसकेको छ । कुनै प्राविधिक समस्या नआएमा सो लाइट अबको एक हप्ता भित्रमा नै सञ्चालनमा आउँन्छ ।’

माघ मसान्तसम्म निर्माणको काम सम्पन्न गर्ने गरी तुसेरा मल्टिप्रपोज कम्पिनी काठमाडौँलाई ३९ लाख ३८ हजारमा ठेक्का दिएको सव–इन्जिनियर ज्ञवालीले बताए । निर्माणको समयावधी माघ मसान्तसम्म दिएको भए पनि निर्माण कम्पिनीले मंसिरको पहिलो हप्तासम्म निर्माण सम्पन्न गर्ने बताएको छ ।

अत्याधिक ब्यस्त हुने क्षेत्रहरुमा ट्राफिक लाईट जडानको लागी चालु आर्थिक बर्षमा ६० लाख बजेट छुट्टयाएको नगरपालिकाकी उपमेयर उमा काफ्लेले बताइन् । सोही योजना अनुरुप देवकोटा चोक र बुद्ध चोकमा ट्राफिक लाइट जडानको काम भइरहेको उपप्रमुख काफ्लले बताइन् ।

आवश्यकताको आधारमा नगरभित्रका प्रमुख चोकहरुमा जडान गर्ने तयारी रहेको नगरपालिकाले जनाएको छ ‘नगर क्षेत्रमा सबै भन्दा बढी सवारी चाप हुने क्षेत्र देवकोटा चोक र बुद्ध चोक नै हो, त्यसैले यसलाई यी स्थानलाई पहिलो प्राथमिकतामा राखेर जडान गर्यौं।’ उनले भनिन् ‘यसले त्यो क्षेत्र भएर तिव्र गतिमा गुड्ने सवारीहरुलाई नियन्त्रण गरि दुर्घटना न्यूनिकरण हुने अपेक्षा गरेका छौं ।’

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।