परासी । पश्चिम नवलपरासी प्रहरीले जिल्लाका विभिन्न स्थानबाट तिहारको अवधीमा बरामद गरिएको ५ लाख ७४ हजार ५ सय मुल्य बराबरको पटाका नष्ट गरेको छ । भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा सिमावर्ती क्षेत्रको विभिन्न स्थानबाट उक्त परिमाणको पटाका बरामद गरि सोमबार नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पश्चिमका प्रहरी नायब उपरीक्षक एव सुचना अधिकारी राजु लामाले जानकारी दिए ।
राईट रोल क्याप्स, उज्यालो हाईड्रोफल, ग्राउण्ड चक्कर, फ्लोर पोटस सानो, फ्लोर पोटस ठुलो, झील झेले, लम्बा बुलेट, खुर्सानी लगायतका बिभिन्न किसिमका पटका तथा झिलझिले जनप्रतिनिधी, संचारकर्मी तथा स्थानियहरुको उपस्थितिमा नष्ट गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया