ताजा अपडेट »

एलन मस्कलाई ट्वीटर प्रयोगकर्ताको १० प्रतिशत शेयर बेच्न सुझाव

सोमबार, २२ कार्तिक २०७८, ०९ : २८
6 Shares
सोमबार, २२ कार्तिक २०७८
6 Shares

काठमाडौँ । विश्वकै धनि एलन मस्कलाई ट्वीटर प्रयोगकर्ताले टेस्लाको १० प्रतिशत शेयर बेच्न सुझाव दिएका छन् ।मास्कले ट्वीटरमा शेयर बेच्ने या नबेच्ने भन्दै गरेको पोलमा ३५ लाख भन्दा बढीले भाग लिएका थिए । जसमा ५७.९ प्रतिशतले शेयर बेच्न सुझाव दिएका छन् । त्यस्तै ४२.१ प्रतिशतले शेयर नबेच्न सुझाव दिएका छन् ।

मस्कलेशनिबार सामाजिक सञ्जाल ट्वीटरका प्रयोगकर्तालाई आफ्नो कम्पनि टेस्लाको शेयर बेच्ने की नबेच्ने भन्ने प्रश्न गरेका थिए ।उनले आफ्नो कर तिर्न कम्पनीको १० प्रतिशत शेयर बेच्ने की नबेच्ने भन्दै प्रश्न गरेका छन् ।टेस्लामा मस्कको १७०.५ मिलियन कित्ता शेयर रहेको छ । पुरै कम्पनीक्लो ८० प्रतिशत शेयर उनीसँग रहेको छ ।

मस्कले पोलको नतिजा आफुले मान्ने पनि बताएका थिए । तर उनले पोलको नतिजापछि यस विषयमा अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् ।

मस्कले टेस्लाबात कुनै पारिश्रमिक लिदैनन । उनले पारिश्रमिक बापत शेयर मात्र लिने गर्दछन् । उनीसँग टेस्लाको २०८.३ बिलियन डलर बराबरीको शेयर रहेको छ । पछिल्लो पटक शुक्रबार टेस्लाको शेयर मुल्य १२२०९.०९ डलर प्रति शेयर रहेको छ । मस्कको १० प्रतिशत शेयर बेचेमा यसको मुल्य २०.८ बिलियन डलर हुने गर्दछ । उनको आम्दानीको क्यापिटल गेन ट्याक्स २० प्रतिशतको हिसाबले लगभग ४.२ बिलियन डलर हुने गर्दछ । मस्कले यसअघि २०१७ मा ६५ हजार डलर मात्र आयकर तिरेका छन् भने २०१८ मा कुनै कर नतिरेको प्रोपब्लिक इन्भेस्टिगेसनले उल्लेख गरेको छ ।

यसअघि अघिल्लो साता मस्कले संयुक्त राष्ट्रसंघलाई विश्वको भोकमरी सकिन्छ भने आफुले ६ बिलियन डलर दिने चुनौती समेत दिएका थिए ।टेस्लाबाहेक अन्तरिक्ष कम्पनि स्पेस एक्सका मालिक मस्क अहिले अन्तरिक्ष पर्यटनमा केन्द्रित भएका छन् ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।