दाङ । सल्यानमा भएको बस दुर्घटना ज्यान गुमाउने १२ जनाकै सनाखत भएको छ । आइतबार सल्यान खलंगाबाट दाङ तुलसीपुर जाँदै गरेको २५५२ नको बस कपुरकोट गाउँपालिका ५ खारखोलामा दुर्घटना भएको थियो । सनाखत हुनेमा दाङ शान्तिनगर गाउँपालिका ६ कोरवाङका ५ वर्षीय सुरज ओली, दाङ घोरही उपमहानगरपालिका १० की ३६ वर्षीया रुपा केसी, सल्यान त्रिवेणी गाँउपालिका ४ की ९ वर्षीया सरिता बोहरा रहेका छन् ।
यस्तै सल्यान शारदा नगरपालिका १२ हाल दाङको तुलसीपुर उपमहानगरपालिका ६ बस्ने ५३ वर्षकी प्रभा चलाउने, शारदा नगरपालिका २ कि ६१ वर्षीया मिना डाँगी, शारदा नगरपालिका ३ की ६६ वर्षीया लिला बुढाथोकी, त्रिवेणी गाउँपालिका१ काभ्रा की २४ वर्षीया मिना शाही, दाङको बबई गाउँपालिका ४ की ६० वर्षीया डुलि रेउले छन् । यसैगरी दुर्घटनामा दाङ बबई गाउँपालिका ६ की ७० वर्षीया कलावती बुढाथोकी, दाङको घोराही उपमहानगरपालिका नारायनपुरकी ६५ वर्षीया ईन्द्रा अधिकारी सल्यानको छत्रेश्वरी गाउँपालिका २ का २९ वर्षीय तिलक ओली र दाङ शान्तिनगर गाउँपालिका ८ की ३५ वर्षीया सावित्रा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख गोविन्द थापाले बताए ।
तिब्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको प्रहरीको भनाई छ । बस चालक फरार रहेको र उनको खोजी भइ रहेको प्रहरी प्रमुख थापाको भनाई छ ।
प्रतिक्रिया