ताजा अपडेट »

बुटवलको सडकबाट प्रश्न : ‘यो सडक हो कि मान्छे मार्ने पासो ?’

विहीबार, १८ कार्तिक २०७८, १४ : ०५
4 Shares
विहीबार, १८ कार्तिक २०७८
4 Shares

बुटवल । बुटवलमा सबै भन्दा धेरै व्यस्त हुने सडक हो, राजमार्ग चौराहादेखि गोलपार्कसम्म । यो सडकखण्ड भएर दैनिक लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री, बुटवल उपमहानगरपालिकाका प्रमुख, उपप्रमुख, हजारौँ सर्वसाधरण हजारौँ ओहोर–दोहोर गर्छन् ।

तर, राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडक कुनै गाम्रीण क्षेत्रको सडक भन्दा कम छैन् । सो क्षेत्रमा सयौँको संख्यामा खाल्डाखुल्डी छन्, धुलै धुलो छ । यही खाल्डा खुल्डीका कारण सो क्षेत्रमा सवारी दुर्घटना समेत भएका छन् ।

सडकको निर्माण गर्नका लागि विभिन्न संघ संस्था, स्थानीय नागरिक लगायतले पटक–पटक स्थानीय, प्रदेश सरकार, संघीय सरकारलाई आग्रह गर्दैै ज्ञापनपत्र बुझाएका छन् । तर, सम्बन्धीत निकायले भने लामो समयसम्म पनि सडक निर्माणका लागि चासो दिएको छैन् । सडकको निर्माण तत्काल गर्नका लागि दवाब दिन सामाजिक कार्यमा क्रियाशिल विभन्न संस्थाले सांस्केतिक रुपमा विरोध गरेर सरकारको ध्यानाकर्षण गराएका छन् ।

इको यात्री, टिम नेपो, अल केयर नेपाल र आइकोनिक बुटवलले बिहीबार बुटवलको पुष्पलाल पार्कमा सांस्केतिक रुपमा विरोध गर्दै निर्माणका लागि सम्बन्धीत निकायको ध्यानाकर्षण गराएका हुन् । बिहीबार बुटवलको प्रदुषण उच्च रहेकाले सडकमै अक्सिजन सिलिन्डर राखेर सरकारलाई तत्काल सडक निर्माण गर्न दबाब दिन विरोध कार्यक्रम गरिएको कार्यक्रम संयोजक समुन्द्र घिमिरे क्षेत्रीले बताए ।

‘यो सडक हो कि मान्छे मार्ने पासो? जति दुर्घटना भए पनि छैन सरकारलाई चासो लेखिएको ब्यानरसहित युवाहरुले प्रर्दशन गरेका थिए । प्रर्दशनमा ‘सरकार जलाउन सक्छौ भने तिहारको दिन दियो जलाई जनताको मन नजलाउ’,‘म मरेको होइन म मारिएको हो । मान्छे न्याय माग्न अदालत जान्छन् म बोल्न नसक्ने प्राणी कहाँ जाउँ?’,‘ सरकार तिमी कुन बाटो हिड्छौँ?’, आमा बन्ने खुसीमा अस्पताल आए, बाटोको कारण ६ महिनाको बच्चा गुमाए’ लगायतका प्ले कार्डसहित प्रर्दशन गरेका थिए । प्रर्दशनमा सडक दुर्घटनामा परी घाइते भएको अभिनय समेत प्रस्तुत गरेका थिए ।

अहिले सांस्केतिक रुपमा मात्रै बिरोध गरीएको र तिहार पछि सार्वजनिक कार्यालय खुलेपछि थप कार्यक्रम गर्ने संयोजक घिमिरेले बताए । तिहार पछि सडक डिभिजन कार्यालय,बुटवल उपमहानगरपालिका, लुम्बिनी प्रदेश सरकार, संघीय सरकारलाई सडक निर्माण गर्न दबाब दिनका लागि ज्ञापनपत्र बुझाउने घिमिरेले बताए ।

बुटवलको राजर्माग चौराहादेखि गोलपार्कसम्मको सडकको निर्माण गर्नका लागि यस अघि पनि बिभिन्न राजनितिक दल, संघ संस्था, स्थानीय नागरिकहरुले सांस्केतिक दबाबका कार्यक्रम गरेका थिए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।