काठमाडौँ । चर्चित भिडियो शेयरिंग एप टिकटकको मुख्य कम्पनि बाइटडान्सका को-फाउण्डर यिमिंग झाङले कम्पनिको अध्यक्ष पदबाट राजीनामा दिएका छन् ।चीनका सबैभन्दा सफल व्यवसायी मध्येका एक झाङ टिकटकको बोर्डबात बाहिरिएका हुन् । अब बाइटडान्सको अध्यक्षको जिम्मेवारी अहिलेका प्रमुख कार्यकारी अधिकृत रुबो लियाङले सम्हाल्ने बताइएको छ ।
यस बर्षको शुरुवातमा झाङले कम्पनिको प्रमुख कार्यकारी अधिकृत पद छोडेर दैनिक व्यवस्थापनबाट टाढिएका थिए । उनले यसअघि २०२१ को अन्त्यमा आफ्नो पद छोड्ने भनेको भएपनि अहिले अचानक पद छोडेको मिडिया रिपोर्टमा बताइएको छ ।उनले अध्यक्ष पद छोडेपछि कम्पनिमा उनको भूमिका के हुन्छ भन्ने बारे स्पष्ट भएको छैन । बाइटडान्सले आफ्नो अप्रेशनलाई व्यापक रुपमा परिवर्तन गर्न लागेका बेलामा अध्यक्ष झाङले पद छोडेका हुन् ।
त्यस्तै कम्पनिका प्रमुख फाइनान्स अफिसरले पनि आफ्नो पद छोडेर अब टिकटकमा मात्र लाग्ने कम्पनिले जानकारी दिएको छ ।बाइटडान्स अन्तर्गत टिकटक, भिडियो शेयरिंग अर्को एप डोउयिन, शैक्षिक एपहरु, गेमिंग एप र दुई इन्टरप्राइजेज सर्भिस डिभिजन संचालित छन् ।
झाङ चिनिया कम्पनिका पछिल्ला प्रमुख हुन जसले आफ्नो कम्पनिको जिम्मेवारी छोडेका छन् । यस अघि अघिल्लो साता मात्र टिकटक र् डोउयिनको प्रतिद्वन्दी एप कुअशोउका को-फाउण्डर सु हुआले पनि प्रमुख कार्यकारी पद छोडेका थिए ।त्यस्तै गत सेप्टेम्बरमा ई-कमर्श जाइन्ट जेडी डट कमका प्रमुख कार्यकरी रिचार्ड लिउले पनि पद छोडेका थिए ।
प्रतिक्रिया