काठमाडौं । नेपाली बजारलाई लक्षित गर्दै सिजिले यस वर्ष'सिजि स्मार्ट होम' नामक योजना ल्याएको छ । यो योजना भाद्र २५, २०७८ बाट सुरु भएको थियो । उक्त योजनाको पहिलो लक्की ड्र कार्तिक १५ गते सिजि ब्रान्डको ओफिसिअल फेसबूक पेज र यूट्यूब च्यानल मार्फत लाइभ घोषणा गरिएको थियो। यस स्कीमको पहिलो बिजेता बिर्तामोड, झापाकी मिना अधिकारी भएकी छिन् । अधिकारीले सिजिको डबल डोर रेफ्रिजेरेटर जितेकी छिन् ।
सिजि ब्रान्डले दसैँ-तिहारको अफरमा ५५ हजार रुपैयाँ रुपियाँसम्मको नगद क्यास ब्याक, लकी ड्र मार्फत सिजिको डबल डोर रेफ्रिजेरेटर, र बम्परमा तीन दिनको मेघौली सेराइ प्याकेज र अन्य आकर्षक उपहारहरू रहेका छन्।
सिजि स्मार्ट होम योजनाले अझै पनि भाग्यशाली बिजेता घोषित गर्ने नै छ । यस योजनाको भाग्यशाली बिजेता हुनका लागि सिजिएसएच >< नाम>< ठेगाना><बिल नम्बर>< टाईप गरी ३१००१मा एस यम एस पठाउनुपर्ने छ । यो याेजना छठ पूजासम्म लागुहुने कम्पनीले जानकारी गरेको छ ।
प्रतिक्रिया