ताजा अपडेट »

चीनमा याहूको सबै सेवा बन्द

बुधबार, १७ कार्तिक २०७८, ०७ : ३७
4 Shares
बुधबार, १७ कार्तिक २०७८
4 Shares

काठमाडौँ । पुरानो इन्टरनेट कम्पनि याहूले चीनमा आफ्नो सेवा बन्द गरेको छ ।याहूका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै चीनमा चुनौतीपूर्ण व्यापारिक वातावारण र कानुनी झमेलाका कारण आफ्नो सेवा नोभेम्बर १ देखि बन्द गरेको उल्लेख गरेका छन् ।

याहूका धेरै जसो सुबिधा २०१३ मै बन्द गरिएको थियो भने इमेल र समाचार सेवा २०१५ देखि नै बन्द रहेको थियो ।याहूले बेइजिंगमा रहेको आफ्नो कार्यालय त्यति बेलानी बन्द गरेको थियो भने करिब तीन सय जनाको रोजगारी गुमेको थियो ।

केहि सातामा चीनबाट बाहिरिने याहू दोस्रो कम्पनि बनेको छ । यसअघि माइक्रोसफ्टको प्रोफेशनल नेटवर्किङ साइट लिंक्डइनले चीनमा आफ्नो साइटको संचालन बन्द गरेर त्यसलाई एक जब बोर्डको स्वरूप दिने बताएको थियो ।अहिले याहूको चीनबाट बाहिरिने घोषणा औपचारिकता मात्र देखिएको छ किनकी चीनमा याहूको वेभसाइटमा प्रतिबन्ध रहेको छ ।
   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।