ताजा अपडेट »

दुर्घटनापछि भागेका मन्त्री शाही भन्छन्– ‘मलाई झर्न दिइएन, अरुलाई जिम्मा लगाएर हिँडे’

विहीबार, ११ कार्तिक २०७८, १८ : ३८
18 Shares
विहीबार, ११ कार्तिक २०७८
18 Shares

बुटवल । लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही सवार गाडीले बिहीबार दिउँसो तिलोत्तमामा मोटरसाइकलाई ठक्कर दियो । तर, मन्त्री शाही सवार गाडीले मोटरसाइकलाई ठक्कर दिएपनि उनी उद्धार नै नगरी अर्को गाडीमा हुँइकिए ।

यसबारेमा ग्लोबल आवाजले बुझ्दा मन्त्रीले शाहीले आफू झरेर उद्धार गर्न चाहेको भए पनि पिएसओ र सहयोगीले झर्न नदिएको प्रतिक्रिया दिए । ‘दुर्घटना भए लगत्तै म झरेर घाइतेको उद्धार गर्न चाहेको थिएँ। पिएसओले नझर्न आग्रह गरेपछि अर्को गाडीमा गएको हुँ।’ उनले भने ।

साथै मन्त्री शाहीले दुर्घटनाबाट घाइतेलाई उपचारको सबै व्यवस्था मिलाउन स्वकीय सचिव कमल क्षेत्री र सहयोगी नारायण श्रेष्ठलाई जिम्मा दिएर घटनास्थलबाट हिँडेको बताए । ‘म घटना भएपछि घाइतेलाई उपचारको सबै व्यवस्था मिलाउन भनेर हिडेको हो ।’ उनले भने ।

घाइतेको अवस्था हेरे आफू भेटन् जाने समेत मन्त्री शाहीले बताए । ‘म अहिले भर्खरै क्वार्टरमा आएको छु ।’ उनले भने ‘घाइतेको अवस्था कस्तो छ भनेर अहिले प्रहरीसँग बुझ्दै छु, आवश्यक परेको अवस्थामा म घाइतेलाई भेट्न नै जान्छु ।’

मन्त्री शाही सवार गाडीले बिहीबार दिउँसो ४ बजे बुटवलबाट भैरहवातर्फ जाँदै गर्दा रुपन्देहीको तिलोत्तमा–३ शंकरनगरमा मोटरसाइकललाई ठक्कर दिएको थियो । मन्त्री शाही चढेको भे १ झ ३३१ नम्बरको गाडीले लु ७८ प ५६६३ मोटर साइकललाई ठक्कर दिएको हो । दुर्घटनाबाट बुटवल उपमहानगरपालिका–१२ तामनगर निवासी २० वर्षीय मिगिन मगर घाइते भएका छन् ।

घाइते मगरको अवस्थाको अवस्था सामान्य रहेको र मणिग्राम स्थित क्रिमशन अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय ड्राइभर टोलका सई कृष्ण बेल्वासेले बताए ।

बसन्त आचार्य
लेखकको बारेमा
बसन्त आचार्य

आचार्य ग्लोबल आवाज अनलाइनका डेस्क संयोजक हुन् ।