ताजा अपडेट »

गुराँस लघुवित्तको सेयर मुल्य समायोजन

सोमबार, ०८ कार्तिक २०७८, १५ : ४५
12 Shares
सोमबार, ०८ कार्तिक २०७८
12 Shares

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मुल्य समायोजन भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)ले सोमबार (आज) संस्थाको १६ दशमलब ९० प्रतिशत बोनसपछिको सेयर मुल्य समायोजन गरेको हो ।

नेप्सेले सेयर मुल्य समायोजन गरेसँगै संस्थाको सेयर मुल्य प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँ कायम भएको छ । आजको सेयर बजारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता एक हजार तीन सय ४८ दशमलब नौ रुपैयाँबाटै सुरु भएको छ । यसअघि आइतबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता एक हजार पाँच सय ७६ रुपैयाँमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।