ताजा अपडेट »

बुटवलमा बढ्यो डेङ्गु र स्क्रब टाइफसको संक्रमण, अझै २ साता कायम रहने

सोमबार, ०८ कार्तिक २०७८, १४ : ००
22 Shares
सोमबार, ०८ कार्तिक २०७८
22 Shares

बुटवल । बुटवलमा डेङ्गु र स्क्रब टाइपसका बिरामी बढेका छन् । विगत एक महिनादेखि लुम्बिनी प्रादेशिक अस्पताल बुटबलमा डेंगु र स्क्रब टाइफस संक्रमित बिरामीको संख्या बढ्दै गएको हो ।

अस्पतालका अस्पतालका वरिष्ठ कन्सल्टेन्ट बालरोग विशेषज्ञ डा. नेत्र रानाका अनुसार मौसमका कारण देखिएको यो संक्रमण अझै २ साता कायम रहने अनुमान गरिएको छ । कोरोना संक्रमणको जस्तै यसका रोगीहरुलाई पनि ज्वरो आउने, टाउको दुख्ने, शरिर दुख्ने लक्षण देखा पर्ने अस्पतालका सूचना अधिकारी समेत रहेका डा. रानाले जानकारी गराए । अस्पतालमा दैनिक उपचारका लागि आउने मध्ये २० प्रतिशत बिरामीहरुमा डेङ्गु तथा स्क्रब टाइफसका संक्रमितहरु देखा पर्ने गरेको उनले उल्लेख गरे । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा दैनिक ज्वरो आएर भर्ना हुने १० बालबालिकामध्ये ३ जनामा स्क्रब टाइफस देखा परेका छन् । डेंगुका बिरामी पनि उपचारका लागि आउने गरेको चिकित्सकहरुले बताए ।

ठूला उमेरका बिरामीभन्दा बालबालिकामा स्क्रब टाइफस बढी देखिएको छ । अहिले बालबालिका घरबाहिर झार भएका स्थानमा खेल्दा किराले टोके पनि वास्ता नगर्ने र थाहा पाइहाले धपाउन वा मार्न नसक्ने हुन्छन्न अहिले स्क्रब टाइफस देखापर्ने मौसमसमेत मिलेकाले यसको जोखिम बढ्दै गएको डा.रानाले बताए । बालबालिकामा डेंगुको तुलनामा स्क्रब टाइफस बढी छ । मुसामा पाइने माइट नामक परजीवीको टोकाइबाट मानिसमा स्क्रब टाइफस रोग सर्छ । यसैगरी बयस्क तथा विभिन्न उमेर समूहका बिरामीहरुमा डेङ्गुको संक्रमण देखिने गरेको उनले बताए ।
डेंगु दिउँसो सक्रिय हुने एडिस जातको लामखुट्टेले टोकेमा हुने गर्छ । डेंगुको लक्षण पनि उच्च ज्वरो, शरीर दुख्ने नै हुन । मौसमका कारण यो समयमा लामखुट्टेको तोकाइले डेङ्गु लाग्ने गर्दछ भने भुसुना जस्तो देखिने किराको टोकाइबाट स्क्रब टाइफस संक्रमण हुने गर्दछ ।

मौसम चिसो भएसँगै यस प्रकारका लामखुट्टे तथा भुसुनाहरु देखा पर्न कम भएपछि उनीहरुको तोकाइबाट हुने संक्रमणमा पनि कामी आउने उनले बताए । सकेसम्म पूरा शरिर ढाक्नेगरी कपडा लगाउन तथा साझ, बिहानको समयमा बालबालिकाहरुलाई खेल्ने क्रममा किराहरुको तोकाइबाट बचाउन चिकित्सकहरुले सल्लाह दिएका छन् । अब दुई हप्तासम्म यो संक्रमण कायम रहने देखिएकाले सजगता अपनाउन उनीहरुको सुझाब छ ।

डि. बी. सुस्लिङ
लेखकको बारेमा
डि. बी. सुस्लिङ

सुस्लिङ ग्लोबल आवाज अनलाइनका समाचार संयोजक हुन् ।